पन्जाबका मुख्यमन्त्रीको जिकिर : प्रधानमन्त्री मोदीको ज्यान खतरामा थिएन, अफवाह फैलाइयो

पन्जाबका मुख्यमन्त्री चरणजित चन्नीले हिजो (जनवरी ५) मा प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा कुनै कमी नभएको  दोहोर्याएका छन्। बिहीबार एक निजी च्यानललाई दिएको अन्तर्वार्तामा उनले भाजपा र केन्द्र सरकारलाई अफवाह नफैलाउन आग्रह पनि गरेका छन्। 

उनले भनेका छन्, ‘पन्जाबमा प्रधानमन्त्रीको ज्यानलाई कुनै खतरा थिएन। मैले प्रधानमन्त्रीसँग कुरा गर्न आग्रह गरेको छु। उहाँ मेरो सम्माननीय हुनुहुन्छ र म उहाँको दीर्घायुको कामना गर्दछु। यसमा पन्जाब पुलिसको कुनै गल्ती थिएन। एउटा सानो कुरालाई ठूलो बनाइएको छ।’ 

फिरोजपुरको र्‍यालीमा ७० हजार कुर्सी राखिएको तर ७ सय मात्रै आएको चान्नीले बताए। 

‘यसमा मेरो के गल्ती? चन्नीले प्रधानमन्त्रीको हुसैनीवाला जाने कार्यक्रम नभएको बताए। अन्तिम समयमा उनको तालिका परिवर्तन भएको उनको भनाइ छ। तर मुख्यमन्त्री चन्नीले फेरि प्रधानमन्त्री मोदी आए स्वागत गर्ने बताएका छन्।

मुख्यमन्त्री चन्नीकाअनुसार जब किसानहरूले प्रधानमन्त्री मोदीको गाडी रोके, तब उनलाई केन्द्रीय गृहमन्त्री अमित शाहको फोन आयो। तर  चन्नीले जेपी नड्डाबाट कुनै फोन नआएको पनि बताए। अमित शाहले उनलाई  घटनाबारे जानकारी दिँदै प्रधानमन्त्री फर्किँदै गरेको बताए। चन्नीले भने, ‘मैले अमित शाहजीलाई भनेँ कि जे भएको छ, त्यसको छानबिन हुनेछ।’ 

यससँगै मुख्यमन्त्री चन्नीले हिजो राति १ बजे केन्द्रीय मन्त्रालयबाट फोन आएको र प्रधानमन्त्रीको बाटो खुला गर्न भनिएको पनि बताए। राति ३ बजेसम्ममा किसानसँग कुरा गरेर सडक खुला पारिएको उनले बताए। यसका लागि आन्दोलनकारीका माग सम्बोधन गर्ने आश्वासन आफूले दिएको मुख्यमन्त्री चन्नीले बताएका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *