पब्जीको नयाँ खेल ब्याटल ग्राउण्ड भारत खेल्ने हुँदा मुम्बईमा एक किशोरले १० लाख भारतीय रुपियाँ गुमाएका छन् । उनले आफ्नी आमाको अकाउन्टबाट त्यो पैसा गेममा लगाएको खुलेको छ । समाचारमा उल्लेख भए अनुसार पछी बाबुआमाले कराए पछि उनि घर छोडेर हिंडेका छन् । यसरी बालबालिकाले अनलाइन खेलहरुमा आफ्नो आमाबुबाको हजारौं वा लाख रुपियाँ खर्च गर्ने गरेका समाचार यसअघी नै पनि सार्वजनिक भएका थिए । गत महिना भारत कै मध्य प्रदेशको छतरपुर निवासी १३ वर्षीय कृष्ण पाण्डे नाम गरेका एक किशोरले फ्री फायर नामक अनलाइन गेम खेलेर ४० हजार रुपियाँ गुमाएका थिए ।
जून महिनामा छत्तीसगढका एक बालकले फ्री फायर अपग्रेड गर्न ३ लाख २२ हजारको भर्चुअल हतियार किनेका थिए । त्यसैगरी यूपीका ३ जना नानीहरुले यो खेल खेल्दा ११ लाख रुपियाँ भन्दा अधिक मूल्यको हतियार किनेका थिए । यस्ता घटनाहरु केही महिना यता लगातार रुपमा बढिरहेका छन् । अब प्रश्न उठ्छ | कि कसरी नानीहरुलाई अनलाइन गेमको समयमा आमाबाबुको ब्यांक खाताहरुको उपयोग गर्नबाट रोक्ने ? केही खेलहरु यस्ता छन् कि एक खरीद वा अन्य सेवाहरुको लागी हजारौँ रुपियाँ माग्छन्। त्यसैले अभिभावकले नै होसियारी अपनाउनु पर्ने हुन्छ । । नानीहरुले खेलहरुको लागि धेरै जसो आमा बुबाको खाताबाट पैसा खर्च गर्ने गरेका छन्। नानीहरुमा पहिले यी खेलहरुको आदत लाग्छ।
नानीहरु तब राम्रो हतियारको लागि र अंक कमाउन यी एपहरु किन्न बाध्य हुन्छन् । उनीहरुले त्यो हेक्का राख्दैनन् कि कति पैसा आमा बुबाको खाताबाट खर्च हुँदैछ। यो बाट बाच्ने तरिका यो हो कि जब हामी अनलाइन प्लेटफर्मबाट भुक्तानी गर्छौ, तब उसले हाम्रो डेबिट कार्ड, क्रेडिट कार्डको विवरण बचत गर्दछ। यी सफ्टवेयर अनलाइन लागि रहन्छन्। यस्तो स्थितिमा त्यो डाटा त्यहाँ सेभ हुन्छ। यसले डाटाको सुरक्षा पनि घटाउँछ । यसको कारण त्यहाँ गेमिंग एपबाट मात्र होइन अन्य एपबाट खाताबाट पैसा निकाल्ने खतरा छ। धेरै एपहरुमा मालवेयर समावेश हुन्छन् । विशेषज्ञहरुले सल्लाह दिएका छन् कि नानीहरुलाई अनलाइन गेमिंगबाट टाढा राख्नु पर्छ किनकि नानीहरुसँग लेनदेनको धेरै जसो घटनाहरु खेलको अवधिमा नै हुन्छ ।