इस्कन मन्दिरमा भएको आक्रमणको प्रतिवाद

बङ्गालदेशको नोवाखालीमा भएको घटनाबारे आइतवार सिलगढ़ी इस्कन मन्दिरमा मौन प्रतिवाद पालन गरियो । उल्लेखनीय छ, बङ्गलादेशको नोवाखालीको इस्कन मन्दिरमा नृशंस रूपमा दुईजना भक्तको हत्यासहित दुर्गा माताको मूर्ति तोड़फोड़ र पण्डाल भत्काइएको थियो । उक्त घटनाको प्रतिवाद जनाउँदै आइतवार सिलगढ़ीको इस्कन मन्दिरको भक्तहरूले कालो मास्क लगाएर मौन प्रतिवाद पालन गरेका छन् । भक्तहरूले हातमा प्ला कार्ड लिएर प्रतिवाद जनाउँदै दुष्टहरूलाई कड़ा सजाय दिनुपर्छ भन्ने माग गरेका छन् ।

सिलगढ़ी इस्कन मन्दिर कमिटी अध्यक्ष अखिल आत्मप्रिय दासले भने, नोवाखालीमाको इस्कन मन्दिरमा दुर्गा पूजाको समय भएको घटना निन्दनीय छ। दुष्टहरूले पूजाको समय मन्दिर परिसरमा पसेर निक्कै ताण्डव मच्चाएका थिए। मूर्ति तोड़फोड़को घटनामा संलग्न दुष्टहरूलाई उदाहरणीय सजाय दिनुपर्ने छ । तिनले यस विषयबारे युएनओ सचिवलाई अवगत गराइने जानकारी दिँदै भारत अनि बङ्गलादेशको प्रधानमन्त्रीसित दोषीहरू विरुद्ध उचित कार्वाही गर्नुपर्छभन्ने माग गरेको छ।

अर्कोतिर, बङ्गलादेशको इस्कन मन्दिरमा भएको आक्रमणको प्रतिवादमा आइतवार भाजपाको पक्षबाट साँझपख हैदरपाड़ामा मशाल जुलूस निकालियो । विधायक शिखा च्याटर्जीले उक्त जूलुसको नेतृत्व गरेकी थिइन् । सोमवार विश्व हिन्दू परिषदको पक्षबाट पनि सिलगढ़ी शहरमा प्रतिवाद जुलूस निकालिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *