सिलगढ़ीमा जाम समस्याको समाधान गर्न महानन्दा नदीमाथि छैटौं सेतुको प्रस्ताव

सिलगढ़ीमा वाहनहरूको जाम समस्याको समाधान गर्ने उद्देश्यले सेभोक रोड र हिलकार्ट रोडलाई जोड्न महानन्दा नदीमाथि छैटौं सेतु निर्माण गर्ने प्रस्ताव राज्य सरकारसमक्ष पठाइएको छ । सिलगढ़ी नगरनिगमले यस्तो प्रस्ताव पठाएको हो । नगरनिगमको ४४ नम्बर वार्ड अन्तर्गत पायल सिनेमा हल छेउबाट गएको मार्गलाई प्रस्तावित सेतुले प्रधाननगर हुँदै हिलकार्ट रोडसँग जोड्नेछ । राइसमार्फत प्रस्तावित सेतुको समीक्षा कार्य गरिएको अनि आउँदो अढ़ाई महीनाभित्र अन्तिम समीक्षा रिपोर्ट आउने जनाइएको छ।

सिलगढ़ी नगरनिगमको प्रशासक पर्षदका चेयरम्यान गौतम देवले यस्तो कुरा जनाए । शनिवार सिलगढ़ी नगरनिगमको प्रशासक पर्षदको बोर्ड सभा भयो । बोर्ड सभामा प्रशासक पर्षदका सबै सदस्यहरू उपस्थित थिए । पछि पत्रकारहरूलाई सम्बोधन गर्दै गौतम देवले भने, दुर्गा पूजाअघि नै सिलगढ़ीका सबै मार्गहरूको मरमति गरिनेछ जसको निम्ति ९ करोड़ रुपियाँ खर्च हुनेछ । सेभोक रोडमा माखन भोक मिठाई पसल छेउमा हाई ड्रेन निर्माणको निम्ति १.४८ करोड़ रुपियाँ खर्च गरियो । पाड़ामा समाधान अन्तर्गत ३४ वटा कार्य गरिनेछ ।

शहरका पार्कहरूको सौन्दर्यकरण गरिनेछ । खानेपानी सर्वराहको निम्ति सात ठाउँ डीप ट्यूबवेल लगाइनेछ । एयरभ्यू मोड़मा कविगुरु रवीन्द्रनाथ ठाकुरको सालिग अनि बाघाजतीन पार्कमा अर्को एउटा सालिकको स्थापना गरिनेछ । सिलगढीमा बृहत खानेपानी सर्वराह योजनाको निम्ति मुख्यमन्त्रीको सहयोग लिइने तिनले बताए । गौतम देवले भने, सिलगढ़ी कलेजका साढ़े तीन हजार विद्यार्थीहरूलाई कोरोनाको भ्याक्सिन दिइयो । उत्तर बंगाल विश्वविद्यालयमा पनि कोरोना भ्याक्सिनेशन शिविरको आयोजना गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *