कांग्रेस नेतृ प्रियंका गान्धी पक्राउ

भारतीय कांग्रेस आईकी नेतृ प्रियंका गान्धीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

भारतीय प्यानल कोडको भाग १४४ को अवज्ञा गरेको आरोपमा प्रियंका पक्राउ परेकी हुन्।

उनलाई आइतबार नै प्रहरीले नियन्त्रणमा लिए पनि मंगलबार भने आरोपसहित पक्राउ गरेको हो।

उत्तरप्रदेशको लखिमपुर खेरी जिल्लाका किसानहरुलाई भेट्न जाने क्रममा आइतबार नै प्रियंकालाई नियन्त्रणमा लिइएको थियो। हिंसामा मारिएका किसानलाई भेट्न जाँदा उनलाई नियन्त्रणमा लिइएको थियो।

उनलाई बुधबार नै अदालतमा प्रस्तुत गरिने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *