प्रियंका र विराट इन्स्टाग्रामको धनी सूचीमा

सामाजिक सञ्जाल इन्स्टाग्रामले हरेक वर्ष ‘इन्स्टाग्राम रिच लिस्ट’ सार्वजनिक गर्छ । त्यस्तै वर्ष २०२१ को यो सूची सार्वजनिक गरेको छ । यस वर्षको सूचीमा भारतबाट क्रिकेटर विराट कोहली र अभिनेत्री प्रियंका चोपड पर्न सफल बनेका छन् ।

करिब ३ करोडको आंकडासहित अभिनेत्री प्रियंका यो सूचीको टप २७ मा पर्न सफल बनेकी हुन् । गत वर्ष प्रियंका यस सूचीको १९ औं स्थानमा थिइन् । यो उनको इन्स्टाग्राममा कुनै पनि प्रोमोसनल पोस्टका लागि उनीहरुले लिने रकम हो ।

त्यस्तै क्रिकेटर विराट कोहली गत वर्ष २० औं स्थानमा थिए भने यस वर्ष उनी २३ औं स्थानमा छन् । प्रियंकाले एउटा पोस्टका लागि ३ करोड लिन्छिन् भने विराटले ५ करोड भारतीय रूपैयाँ लिन्छन् ।
 
यो सूचीको शिर्ष स्थानमा फुटबलर क्रिस्टियानो रोनाल्डो परेका छन् । उनी एउटा प्रोमोशनल पोस्ट गरे वापत ११.९ करोड लिन्छन् ।
 
त्यस्तै हलिउड अभिनेता ड्वेन जोनसोन (द रक)ले ११ करोड लिने गर्छन् । उनीहरुका साथै गायिका सेलेना गोमेज, काइली जेनर लगायतका सेलिब्रेटीहरु पनि लिस्टमा छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *