वी एपमार्फत प्रेपराट्री टेस्ट सिरीज नि:शुल्क प्राप्त गर्नसक्ने

सिलगड़ी, 13 अगस्त। वीले परीक्षासँगको साझेदारीमा १७ अगस्त २०२२ मा शुरु हुने अल इण्डिया रेलवे डी एग्जामको लागि प्रेपराट्री टेस्ट सिरीज मटेरियलहरूमा पहुँच प्रदान गर्नेछ। सरकारी जागिरहरू आवेदन गर्ने प्रक्रियालाई वी प्रयोगकर्ताहरूका लागि सुविधाजनक बनाउँदै वी जब्स एण्ड एजुकेशनले केन्द्रीय/राज्य सरकारी जागिरहरूको आकांक्षीहरूलाई ‘परीक्षा पास’ को एक महिनाको नि:शुल्क सदस्यता प्रदान गर्दछ।

यसमा राज्य चयन आयोग, ब्याङ्किङ, अध्यापन, रक्षा, रेलवे आदि जस्ता विभिन्न श्रेणीहरूमा १५०+ परीक्षाहरूमा असीमित मोक टेस्टहरू पनि समावेश छन्। परीक्षण अवधिको अन्त्यमा प्रयोगकर्ताहरूले रु २४९/वर्षको नाम मात्र सदस्यता शुल्कमा प्लेटफर्ममा सिक्न जारी राख्न सक्छन्। वी एपमा रहेको रेलवे ग्रुप डी टेस्ट सीरीजले भारतका युवाहरूलाई ट्र्याक मेण्टेनर ग्रेड-४, हेल्पर/सहायक, सहायक पोइण्ट्सम्यान, लेभल-१ पदहरूमा भारतीय रेलवेमा १ लाखभन्दा बढ़ी ओपनिङका लागि तयारी गर्ने अवसर प्रदान गर्दछ।

वी ग्राहकहरूले वी एपमा कहीं पनि कुनै पनि समयमा वी जब्स एण्ड एजुकेशन प्लेटफर्ममार्फत राम्रोसँग अनुसन्धान गरिएको टेस्ट मटेरियल पहुँच गर्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *