सफारी पार्कमा नयाँ जनावहरू ल्याउने तयारी

सिलगढ़ीस्थित बङ्गाल सफारी पार्कमा आगामी वर्ष विभिन्न नयाँ जनावरहरू भित्र्याउने तयारी भइरहेको छ। यसले पर्यटकहरूका लागि उत्साहजनक खबर ल्याएको छ। यी नयाँ जनावरहरूको आगमनहरू पार्कका प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ। बङ्गाल सफारी पार्कले प्रत्येक वर्ष आगन्तुकहरूका लागि नयाँ–नयाँ आश्चर्य प्रस्तुत गर्दै आइरहेको छ। गत वर्ष यहाँ सिंह, लङ्गुर तथा चस्माधारी बाँदरलगायत विभिन्न वन्य जनावरहरू ल्याइएको थियो। यो वर्ष पनि यो क्रम जारी रहनेछ। सन् 2026 मा हात्ती, जिराफ तथा अन्य धेरै जनावरहरू पार्कमा भित्र्याइने तयारी चलिरहेको जानकारी प्राप्त भएको छ।
पार्क प्रशासनअनुसार बाघ र सिंहको सफल प्रजननपछि वन्यजन्तु विभाग पार्कमा नयाँ जनावरहरू राख्न सक्ने क्षमताप्रति पूर्ण विश्वस्त छ। हाल रोयल बङ्गाल बाघको सङ्ख्या बढ़ेर 14 पुगेको छ भने सिंहको सङ्ख्या पाँच रहेको छ। साथै नयाँ वर्षदेखि पर्यटकहरूका लागि सिंहलाई सफारीमार्फत खुल्ला रूपमा हेर्न दिइने योजना पनि बनाइएको छ।
बङ्गाल सफारी पार्कका निर्देशकले पर्यटक आकर्षण अझ सुदृढ़ बनाउन हात्ती र जिराफसहितका नयाँ जनावरहरू चाँड़ै पार्कमा ल्याइने जानकारी दिए। यसका अतिरिक्त आगन्तुकहरूको अनुभवलाई थप समृद्ध बनाउन निकट भविष्यमा हात्ती सफारी पनि आरम्भ गरिने बताइएको छ।

By Piyali Poddar