विद्याकी देवी सरस्वतीको बुधबार पूजा गरिन्छ। यसअघि आज जलपाईगुडीका विभिन्न विद्यालयका विद्यार्थीहरू पूजाको तयारीमा व्यस्त छन्। यस दिन उनीहरूले सरस्वती पुजाको मूर्तिलाई रंगीन र्यालीमार्फत विद्यालयसम्म पुर्याउँछन्।जुलुस आ–आफ्नो विद्यालयमा पुगेर टुंगिन्छ । विद्यालय स्रोतका अनुसार प्रत्येक पटक सरस्वती पूजाको आयोजना गरिन्छ । सोही सिलसिलामा यसपटक पनि विद्यालयका विद्यार्थीले बागदेवीको पूजा आराधना गर्ने शपथ लिएका छन् । यस रंगारंग जुलुसमा विद्यालयका केटा, केटी, शिक्षक र शैक्षिक कर्मचारीहरुको सहभागिता रहेको थियो ।