पञ्चायत चुनाव अघि अभिषेक ब्यानर्जी तीन दिने भ्रमणमा आज कुचबिहार पुग्दै,तयारी युद्धस्तरमा

पञ्चायत चुनावभन्दा अगाड़ी अभिषेक ब्यानर्जी तीन दिवसीय भ्रमणमा आज बेलुकी कुचबिहार आइरहेका छन्। यसको निम्ति साहेबगंज,गोसानीमारी र शीतलकुचीमा सभा मञ्च बनाउने काम जोर शोरले चलिरहेको छ।
तृणमूल सांसद अभिषेक ब्यानर्जीको भ्रमणलाई लिएर यहाँ भब्य तैयारी भइरहेको छ। तूफानगंज,दिनहाटा र माथाभांगामा टेन्टको ब्यवस्था गरिएको छ। उनले भ्रमणको क्रममा त्यहीँ रात बिताउने छन्। जानकारी अनुसार,अभिषेक ब्यानर्जी कुचबिहार एबीएन शील कलेज मैदानमा हेलीकप्टरबाट ओर्लने छन्। त्यहाँबाट उनी पूजा-अर्चना गर्न मदन मोहन मन्दिर जाने छन्।पूजा-अर्चना गरिसके पछि सिधै उनी दिनहाटातर्फ प्रस्थान गर्ने छन्।
पञ्चायत चुनाव अघि अभिषेक ब्यानर्जीको यो महत्वपूर्ण कुचबिहार भ्रमण हो। यहाँ उनको तीन दिनको कार्यक्रम तय भएको छ।उनी २६ अप्रेलसम्म यहाँ रहने छन्। यस अवधिमा उनले जिल्लाका बिभिन्न ठाउँहरुमा अनेकन जनसभा तथा पार्टी कार्यक्रमहरुमा भाग लाइन छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *