प्रेमा: त्रासदीदेखि विजयसम्म – अमेजनसँग ट्रकिंग पार्टनरको रूपमा एक आमाको यात्रा

मातृ दिवसले आमाहरूको अविश्वसनीय शक्ति र समर्पण, घरमा उनीहरूको पालनपोषण गर्ने भूमिका र उनीहरूद्वारा कार्यस्थलमा प्रदर्शित उल्लेखनीय कौशलहरूलाई  सम्मान गर्दछ।  पहिला‌ महिलाहरूको एकदमै कम‌ वा‌ न्यून‌ सहभागिता देखिने नोकरी‌ पेशाहरूमा महिलाहरू‌को सहभागितामा वृद्धि देखिन्दैछ र उनीहरूले  संगठन, मल्टीटास्किंग र दबाव प्रबन्धन गर्नमा उत्कृष्ट प्रदर्शन‌गरिरहेका छन्।‌ आज, महिलाहरूले आमा वा हेरचाहकर्ताको रूपमा जिम्मेवारीहरू सन्तुलित गर्दै व्यावसायिक रूपमा फस्टाउन सक्ने क्षमता देखाउँदै कार्यस्थलमा अवरोधहरू तोड्दै उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। प्रेमाको कथाले यस प्रवृतिको प्रतीक हो — एकल आमा जसले फस्टाउँदै गरेको ट्रकिङ व्यवसायलाई सम्हाल्नसितै अरूलाई पनि यो गतिशील उद्योगमा सामेल हुन प्रेरित गरिन। वर्ष 2017 मा, 55 वर्षीय प्रेमाले आफ्नो श्रीमानको असामयिक निधनपछि व्यक्तिगत चुनौतीहरूको बीचमा अमेजनसित ट्रकिङ पार्टनरको रूपमा आफ्नो यात्रा शुरु गरिन्। आफ्नी छोरीको हेरचाहको जिम्मेवारी र करियर परिवर्तनबीच सन्तुलन राख्दै उनले अटल दृढ संकल्प देखाइन्। फाइनेन्स र मार्केटिङमा उनको पृष्ठभूमि भए पनि प्रेमाले लजिस्टिकको दुनियाँमा प्रवेश गरिन्। अमेजनको ट्रकिङ पार्टनर कार्यक्रमको सहयोगमा उल्लेखनीय वृद्धि र सफलता हासिल गर्दै उनले आफ्नो सानो व्यवसाय, सिमर एक्सप्रेस सलुसन्सलाई अमेजनसँग सफल ट्रकिङ व्यवसायमा परिणत गरिन्।‌

महामारीको समयमा पनि आफ्नो व्यावसायिक प्रवृत्ति र अमेजनको समर्थनद्वारा सुसज्जित प्रेमाले अनुकूलनका अवसरहरू देखिन र प्रतिकूल परिस्थितिहरूको सामना‌ गर्दै दृढ़ संकल्प प्रदर्शित गर्दै  उत्कृष्टतालाई निरन्तरता दिइन। यो लचिलोपनको‌‌ फलवरूप उनको व्यवसायले पछिल्ला केही वर्षहरूमा 55‌ प्रतिशत राजस्व वृद्धि‌ भएको अनुभव गरिएको छ।  उनको कथाले लचिलोपन र सरासर दृढ संकल्प दर्शाउँछ जहाँ उनले मातृत्व‌ र कर्तव्यबीच सन्तुलन‌ कायम गर्दै व्यावसायिक माइलखुट्टीहरू हासिल गरिन्। प्रेमाले सफलतापूर्वक ट्रकिङ कम्पनी चलाउँदै अमेरिकामा उच्च शिक्षा हासिल गर्ने छोरीको आकांक्षालाई सफलतापूर्वक पूरा गरिन्।गैर-परम्परागत क्षेत्रहरूमा उत्कृष्टता हासिल गर्ने उनीहरूको क्षमता देखाउँदै जीवनका सबै भूमिकाहरूमा उत्कृष्टता हासिल गर्ने उनको समर्पण सबै आमाहरूका लागि प्रेरणाको रूपमा खडा छ। “‌अमेजन इन्डियासँग संलग्न हुनु एक असाधारण अनुभव हो, “प्रेमा भन्छिन्।”  यसले मलाई मातृत्वको मागलाई सन्तुलनमा राख्दै सफल क्यारियर निर्माण गर्ने अनुमति दियो। 

म अन्य महिलाहरूलाई लजिस्टिकको क्षेत्रमा अवसरहरू खोज्न प्रोत्साहित गर्छु – यो एक गतिशील उद्योग हो जसले विकास र स्वतन्त्रताको लागि लाभकारी मार्ग प्रदान गर्दछ। म मेरी छोरी, मेरो टोली र अमेजनबाट पाएको अमूल्य सहयोगको लागि आभारी छु।” प्रेमाजस्ता ट्रकिङ साझेदारहरूसँग काम गर्नुका साथै अमेजनले भारतभरका 350 भन्दा धेरै ट्रकिङ साझेदारहरूसँग पनि सहकार्य गर्दछ। यी साझेदारहरूले देश भरि नै  ग्राहक प्याकेजहरूको समयमा भरपर्दो र सुरक्षित आवागमन सुनिश्चित गर्छन्। अमेजनले यी ट्रकिङ कम्पनीहरूलाई आफ्ना ड्राइभरहरूका लागि स्वास्थ्य र दुर्घटना बीमा लाभहरू उपलब्ध गराएर  तथा सुरक्षित ड्राइभिङ र कुशल प्याकेज डेलिभरीका लागि प्रविधि-संचालित समाधानहरू उपलब्ध गराएर सशक्त बनाउँछ। प्रेमाको कथा धेरै प्रेरणादायी छ। यो आमाहरूले आफ्नो सन्तानहरूको लागि कार्यस्थल र घर दुवैमा गरेको कडा परिश्रमको ठूलो प्रमाण हो। प्रेमाजस्ता ट्रकिङ साझेदारहरू हाम्रो सञ्चालनको एक धेरै महत्त्वपूर्ण हिस्सा हुन्। म धेरै महिला र काम गर्ने आमाहरूलाई त्यस्ता अवसरहरूमाथि विचार गर्न प्रोत्साहित गर्नेछु ” अरूण कुमार सिंह, निर्देशक, अमेजन यातायात सेवा, भारत भने। अमेजन एक विविध र समावेशी कार्यबललाई बढावा दिन प्रतिबद्ध छ जसमा महिलाहरूले धेरै महत्वपूर्ण व्यवसाय र पहलहरूको नेतृत्व गर्दै, सम्पूर्ण संस्थामा नवाचार र वृद्धिलाई अगाडि बढाउँछन्।