प्रशान्त किशोर कंग्रेसमा सामेल हुनसक्ने

कंग्रेसले चुनाउ रणनीतिकार प्रशान्त किशोरलाई आफ्नो पार्टीमा समावेश गर्न चाहन्छ ? र प्रशान्त किशोर आफैं भारतको सबैभन्दा पुरानो पार्टीसंग आफ्नो नयाँ राजनीतिक पारी शुरू गर्ने मूडमा हुनुहुन्छ ?

राहुल गान्धी र प्रियंका गान्धीसँगको भेट र महत्त्वपूर्ण बैठकपछि प्रशांत किशोर कंग्रेसमा सम्मिलित हुने भन्ने बारेको राजनीतिक महलमा अटकलको बजार तातो छ। यो पनि भनिएको छ कि राहुल गान्धीले बैठक गरेर प्रशान्त किशोरलाई कंग्रेसमा समावेश गर्न पार्टी नेताहरूको राय खोजेका थिए कंग्रेसको सर्कलमा यसको होहल्ला तीव्र भएको छ तर पार्टी वा प्रशान्त किशोरले यस सम्बन्धमा कुनै बयान दिएका छैनन् । यस सम्बन्धमा सम्बन्धित तीन व्यक्तिले नाम न छाप्ने सर्तमा भने, २२ जुलाईमा राहुलको अध्यक्षतामा बसेको बैठकमा यस विषयमा छलफल भएको थियो र त्यसमा ए के एन्टनी, मल्लिकार्जुन खर्गे, केसी वेणुगोपाल, कमलनाथ र अम्बिका सोनी सामेल थिए ।

मिडियाअनुसार प्रशांत किशोर कांग्रेसमा महासचिवको रूपमा सम्मिलित हुन सक्छन् यदि दुबै पक्ष सहमत भए भने मिडियाले जुलाई १५ मा रिपोर्ट गन्यो कि प्रशान्त किशोरले गान्धी परिवारमा कंग्रेसको पुनरुद्धारका लागि खाका प्रस्तुत गरेका थिए ।

यस विषयमा राम्ररी चिनेका एक व्यक्तिले भने, २२ जुलाईमा को बैठकले वरिष्ठ कांग्रेसी नेताहरूले प्रशान्त किशोरका सुझावहरुमा के सोचे र महसुस गरे भन्ने कुरा पत्ता लगाउनु थियो, गत बर्ष कोरोना महामारीको शुरु हुनु भन्दा अघि पार्टी अध्यक्ष सोनिया गान्धीलाई दिइएको थियो ।

यसैबीच, अर्को नेताले भने, राहुल गान्धीले आउँदो केही दिनमा यस बारे अन्तिम निर्णय लिने छन, यद्यपि यस अघि उनी पार्टी नेताहरूसँग परामर्श लिन चाहन्छन् । यस विषयमा जानकार अर्का व्यक्तिले भने, प्रशान्त किशोरले दिएका रणनीतिहरू अपनाउन कंग्रेसमा इच्छुकता छ र परामर्शका क्रममा पनि सहमति निर्माण भएको छ । उनले अगाडि भने, ‘हामी यसमा आशावादी छौं, किनकि प्रशांत किशोरले भनेका छन्, कांग्रेसलाई बिना भाजपालाई हराउन सम्भव छैन । दोस्रो, पीके आफैले हामीलाई सम्पर्क गरे । स्मरणरहोस्, उनको संदर्भ भारतीय जनता पार्टीलाई हराउन तेस्रो मोर्चाको बारेमा गत महिना प्रशांत किशोरको टिप्पणीमा हो, जसमा किशोरले भनेका थिए, उनले कंग्रेसलाई समावेश नगरी कुनै पनि तेस्रो वा चौथो मोर्चाले नरेन्द्र मोदीलाई हराउन सक्छ भन्ने लाग्दैन । एक अन्य व्यक्तिले भने कि बैठकमा उपस्थित मानिसहरूलाई प्रशान्त किशोरलाई कांग्रेसमा सम्मिलित हुने बारेमा कस्तो लाग्यो भनेर सोधिएको थियो, धेरै जसो मानिसहरू सहमत भए र भने, यो कुनै गलत विचार होइन अहिलेसम्म यस बैठकमा कंग्रेसबाट कुनै आधिकारिक टिप्पणी आएको छैन कंग्रेसका नेता एके एन्टनीलाई सम्पर्क गर्दा उनले अन्य नेताहरू उपलब्ध नभए पनि बैठकको बारेमा कुरा गर्न अस्वीकार गरे एकै साथ, केसी वेणुगोपालले भने, यो एक अनौपचारिक बैठक थियो, जहाँ हामीले २०२२ को लागी निर्धारित विधानसभा चुनाउको बारेमा छलफल शुरू गरेका छौं|

Leave a Reply

Your email address will not be published. Required fields are marked *