पॉशमार्क, इंक. सोशल शपिड़्ग एक्सपीरियंस अब भारत मा उपलब्ध हुनेछ

पॉशमार्क, इंक. ले भारत मा आफ्नो सिम्पल, सोशल र सस्टेनेबल शपिड़्गको अनुभव शुरू गरेको छ। भारत को पहिलो एडभान्स्ड टेक्नोलोजी र साँच्चै सामाजिक बजार को रूप मा, पॉशमार्क ले क्लोसेट बाट आफ्नो आइटम बेच्न सरल र सजीलो बनाउन एन्ड टू एन्ड सेलर टूल र सेवाहरु को एक पूर्ण सूट द्वारा सक्षम छ, जसमा सहज लिस्टिङ्ग, मर्चेंडाइजिङ्ग, प्रचार,मूल्य निर्धारण, र शिपिङ्ग समावेश रहेको छ।

भारतीय उपभोक्ताहरु पॉशमार्कको ८० मिलियन भन्दा बढी प्रयोगकर्ताहरु को उदीयमान समुदायमा पैसा कमाउन, पैसा बचाउन, अरु संग जोड्न को लागी, र उद्यमशीलतालाई फोस्टर गर्न को लागी लाखौं शॉपेबल क्लोसेट को एक जीवन्त नेटवर्क मा सामेल हुन सक्षम हुनेछन्। पॉशमार्कका संस्थापक र सीईओ मनीष चन्द्रले भने, “म भारतमा पॉशमार्क लॉन्च गर्न खुशी छु, यो विश्वको सबैभन्दा छिटो बढ्दो ई-कॉमर्स बजार मध्ये एक हो र यहाँ थ्रिफ्टिंग को साथमा बचत र सस्टेनेबिलीटि को संस्कृति को प्रशंसा गर्न पनि खुशी छु”। भारतीय समुदायका सदस्यहरु पॉशमार्क बायर प्रोटेक्शन र प्रमाणीकरण सेवाहरु र पॉशपोस्ट, पॉशमार्क को सरल र सजिलो शिपिङ्ग सेवा बाट लाभान्वित हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *