‘विमल, विनय शिविरका लागि पोलिटिकल डिजास्टर’

कालेबुङ विधायक रुदेन सादा लेप्चाले गोजमुमो अध्यक्ष विमल गुरुङलाई पहाड़को डिजास्टर भनेर संज्ञा दिएको वक्तव्यलाई गोजमुमो विमल शिविरका केन्द्रिय सहसचिव अनिल लोपचनले खण्डन गरेका छन् । तिनले विमल गुरुङ पोल्टिकल डिजास्टर रहेको तर गोर्खाल्याण्ड र जातिका निम्ति होइन केवल गोजमुमो विनय शिविरका लागि रहेको बताए । यही कुरा बुझेर रुदेन लेप्चा असन्तुलित भएर उल्टापाल्टा बयानहरू दिइरहेका लोपचनले आरोप लगाएका । रेली खोला, गर्ल्स हाई स्कुल, छन् गिटी, बलुवा अनि शहरका अन्य क्षेत्रहरू यदि डिजास्टर भएको छ भने त्यसको पछि रुदेन सादा लेप्चा रहेको आरोप पनि लोपचनले लगाए । रुदेन लेप्चाले गोजमुमो विमल शिविरले फोटो सेशनको राजनीति गर्छ भनी लगाएको आरोपमा बोल्दै भने, गोजमुमोले २००९ देखि भाजपालाई विश्वास गरेर ३ पल्ट एमपी जिताएर पठायो तर भाजपाले केही नगर्दा अनि टीएमसी राज्य सरकारले स्थायी राजनैतिक समाधान गरिदिन्छु भन्दा भाजपासँग सम्बन्ध विच्छेद गरेर टीएम सीसँग मिलेर विधानसभा चुनाउ लड़ेका हौं । यो पोल्टिकल अण्डरस्ट्याण्डिङ फोटो सेशनले जन्माएको होइन तर रुदेन सादा लेप्चाले हालै कलकत्तामा गएर विभिन्न विभागीय मन्त्रीहरूसँग भेट गरेर फोटो खिच्दै सामाजिक सञ्जालतिर साथै पत्र-पत्रिकातिर छपाएकै हुन् तर हामीले त्यसलाई फोटो सेशन भनेका छैनौं कारण भोट जितेको भोलिपल्टै हार्ने बूथमा काम गर्दैनौं भन्ने हाम्रोमा मानसिकता छैन, तिनले भने जितेपछि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *