सिलगढी : नयाँ जलपाईगुडीको आईओसी अगाडिको पसलमा लामो समयदेखि जुवा खेलिरहेको थियो । गोप्य सूचना पाएपछि प्रहरीले उक्त स्थानमा छापा मारेर पाँच जनालाई पक्राउ गरेको थियो ।आइओसी अगाडि रहेको पसलमा हरेक दिन राति ९ बजेदेखि २ बजेसम्म जुवा खेल्ने गरेको थियो।
नयाँ जलपाईगुडी थानाको पुलिसले हिजो राति करिब १० बजे जुवा अड्डामा छापा मारेको थियो। यस कारबाहीमा ५ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरुको नाम मिन्टु मण्डल श्रीवास मल्लिक, शम्भु मण्डल, गोविन्द विश्वास र पवन अधिकारी।
पक्राउ पर्नेमा पवन अधिकारी मुख्य अभियुक्त हुन्। नयाँ जलपाईगुडी थानाको पुलिसलाई पवन अधिकारीले जुवा खेल्ने व्यक्ति भएको थाहा पाए। नयाँ जलपाईगुडी पुलिस स्टेशनले यस घटनामा सुजित नामको व्यक्तिको खोजी गरिरहेको छ। पक्राउ परेकाहरुलाई बुधबार जलपाईगुडी अदालतमा पेश गरिएको थियो।