जम्मु काश्मिरमा पुलिसले खसाल्यो उडिरहेको ड्रोन

जम्मु काश्मिरको कनाचक इलाकामा पुलिसले एक ड्रोनलाई खसालेको छ । उक्त ड्रोन पाकिस्तानबाट पठाइएको सञ्चारमाध्यमको दाबी छ । समाचार एजेन्सी एउनआईका अनुसार यस ड्रोन खसेसँगै पाँच किलो आईईडी पनि बरामद गरिएको छ । सीमा क्षेत्रमा पछिल्ला केही दिनदेखि लगातार ड्रोन देखिएको सञ्चारमाध्यमले जनाएका छन् । ड्रोनको मार्फतबाट कुनै ठूलो हमलालाई सार्थक बनाउने प्रयासमा विद्रोहीहरु लागेको भन्दै गुप्तचरहरुले यसअघि नै सरकारलाई सतर्क गराइसकेका छन् । त्यहीकारण सुरक्षा बलले यस चुनौतीलाई सामना गर्नका लागि रणनीति बनाएको छ । त्यही रणनीतिअन्तर्गत यस ड्रोनलाई खसालिएको जनाइएको छ । उता, बारामुल जिल्लाको सोपोरस्थित वारपोरामा सुरक्षा बल र विद्रोहीबीचको मुठभेडमा परेर केही सैन्यधारी मारिएका छन् ।

बिहीबारदेखि यो मुठभेड चलिरहेको छ । सुरक्षाकर्मीले विद्रोहीको हातबाट केही हतियार उद्धार गरेका छन् २७ जुनमा। भारतीय वायुसेना स्टेशनमा विद्रोहीहरुले ड्रोन मार्फत विस्फोटक हमला गरेका थिए ।यस हमलामा दुई व्यक्ती घाइते भएका थिए । त्यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले ड्रोनबाट उत्पन्न खतरालाई लिएर एक उच्च स्तरीय बैठक पनि बोलाएका थिए । सुरक्षा एजेन्सीहरूले यस ड्रोनको षडयन्त्रमा लश्कर ए तोयबा संगठनको संलग्नता रहेको दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *