प्रहरीले चोरी र हराएको मोबाइल फिर्ता गरेको छ

सिलगढी : सिलगढी सहरका विभिन्न इलाकामा चोरी र हराइएका मोबाइल फोनहरू आज सिलगढी पुलिस थानाले बरामद गरी वास्तविक मालिकलाई बुझाएका छन्।मोबाइल चोरीका घटना बढेपछि प्रहरी पनि निकै सक्रिय भएको छ।

उजुरीका आधारमा प्रहरीले जम्मा ३३ वटा फोन बरामद गरेको थियो जसमध्ये २९ वटा फोन सिलगढी महानगरीय प्रहरी सिलगढी थानाको प्रहरीले वास्तविक मालिकलाई हस्तान्तरण गरेको थियो।

हराएको मोबाइल फिर्ता पाएपछि सबैले प्रहरीलाई धन्यवाद दिए।