परीक्षार्थीहरूलाई पुलिसको सहयोग

जाममा फँसिएको बेला पुलिसले समयमै हस्तक्षेप गर्दा एकजना माध्यमिक परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म समयमै पुर्यारउन सकियो। प्राप्त रिपोर्टअनुसार, माध्यमिककी परीक्षार्थी रिङ्कु दास आफ्नो परीक्षा केन्द्रतर्फ गइरहेकी थिइन् तर हाश्मी चोकनजिक जाममा फँसिन्। स्थितिबारे थाहा पाएपछि ट्राफिक पुलिसले रिङ्कु दास माध्यमिक परीक्षार्थी रहेकी पत्तो लगाए। त्यसपछि ट्राफिक पुलिसका एकजना जवानले त्वरित निर्णय लिँदै रिङ्कुलाई आफ्नो बाइकमा परीक्षा केन्द्रसम्म पुर्यािए। त्यसो हुँदा नै रिङ्कु समयमा परीक्षा केन्द्र पुग्न सकिन्। रिङ्कु अनि तिनको परिवारले पुलिसद्वारा गरिएको सहयोगप्रति आभार व्यक्त गरे।

अर्कातिर बाघ़डुग्रा ट्राफिक गार्डका एएसआई बाला घोषले समयमै लिएका कदमले एकजना माध्यमिक परीक्षार्थीलाई समयमै परीक्षा केन्द्र पुग्न सके। प्राप्त जानकारीअनुसार मतिगढ़ा हारासुन्दर हाई स्कूल (एचएस) का विद्यार्थीहरूको शिव मन्दिरस्थित श्रीनरसिंह विद्यापीठमा परीक्षा केन्द्र थियो। हारासुन्दर हाई स्कूलका परीक्षार्थीमध्ये एक प्रवीर परीक्षा दिन जाँदै थिए तर मतिगढ़ा ट्राफिक पोइण्ट पुगेपछि कुनै यातायातको साधन पाउन सकेनन्। तिनी परीक्षा केन्द्र पुग्न ढिलो हुने डरले चिन्तित हुँदै वरिपरि भौतारिरहेका थिए। विद्यार्थीको समस्यालाई देखेर एएसआई बाला घोषले तिनलाई नजिकै बोलाएर समस्या सोधे र तुरुन्तै आफ्नै मोटरसाइकलमा लिएर परीक्षा केन्द्रसम्म पुर्याईए। यसको परिणाम स्वरूप प्रवीर समयमै आफ्नो परीक्षा केन्द्रसम्म पुग्न सफल भए।

By Piyali Poddar