अवैध बालुवा उत्खननमा प्रहरीको कारबाही, तीन डम्पर नियन्त्रणमा

 नयाँ जलपाईगुडी थानाको पुलिसले अवैध बालुवा उत्खननका लागि तीन डम्परहरू नियन्त्रणमा लिएको छ। लामो समयदेखि महानन्द नदीबाट अवैध बालुवा उत्खनन भइरहेको गुनासो आएपछि सिलगढी महानगरीय प्रहरी अन्तर्गतको एनजेपी थानाको प्रहरीले यसविरुद्ध अभियान चलायो । प्रहरी स्रोतका अनुसार हरेक दिन जस्तै सिलगढीको याट घाट नजिकैको महानन्द नदीबाट अवैध बालुवा उत्खनन भइरहेको छ ।

खबर पाएलगत्तै प्रहरीले त्यहाँ छापा मारेको थियो । प्रहरीलाई देखेर बालुवा तस्कर भागे पनि प्रहरीले बालुवा तस्करीमा प्रयोग हुने तीनवटा डम्परलाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा ल्याएको छ भने घटनाको सम्पूर्ण अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *