भारतीय प्रधानमन्त्री मोदीका भाइ प्रह्लाद मोदी मंगलबार दिउँसो कर्नाटकको मैसुरु नजिकै भएको दुर्घटनामा घाइते भएका छन् ।
घटना मैसूरबाट १३ किलोमिटर टाढा काडकोला नजिक भएको हो। प्रह्लाद आफ्नो छोरा, बुहारी र नातिनीसँग एसयूभीमा बन्दीपुरा घुम्न गएका बेला डिभाइडरमा ठोक्कियो ।
चालक सहित पीडितहरूलाई मैसूरको जेएसएस अस्पतालमा सारिएको छ।
प्रह्लाद मोदीका नातिको टाउकोमा सामान्य चोट लागेको छ । तर, उनी खतरामुक्त छन् ।
ट्विटरमा प्रसारित फोटोहरूमा कारको अगाडिको भागमा गम्भीर क्षति भएको र गाडीलाई बुलडोजरले टाढा सारिएको देखाइएको छ।
यसैबीच प्रहरीका उच्च अधिकारी दुर्घटनास्थलमा पुगेका छन् ।
६ दाजुभाइमध्ये प्रधानमन्त्री मोदी तेस्रो र प्रह्लाद चौथो छन् ।