पिज्जा हटले गान्तोकमा आफ्नो पहिलो रेस्टुरेन्ट खोलेको छ

भारतको सबैभन्दा मनपर्ने र भरपर्दो पिज्जा ब्राण्ड पिज्जा हटले सिक्किममा एमजी मार्ग, गान्तोकमा आफ्नो पहिलो रेस्टुरेन्ट खोलेको छ जुन भारतमा पिज्जा हटको पहिलो महिला सण्चालित स्टोर पनि हो। ब्राण्डले भर्खरै लोकप्रिय अभिनेता र हास्य कलाकार अनुराधा मेननलाई भारतमा पहिलो केही क्युएसआर चेनहरू मध्ये एक को एम्बेसडरको रूपमा समावेश गरेको छ।

रेस्टुरेन्ट बिहान ११ बजे देखि बेलुकी ११ बजेसम्म सबै दिन खुला रहनेछ र कन्ट्याक्टलेस डाइन-इन र टेकअवे सेवाहरू साथै फूड एग्रीगेटरहरू मार्फत डेलिभरी प्रदान गर्दछ। शुभारम्भको उत्सव मनाउन, पिज्जा हटले सीमित समयको लागि रु.५०० माथिका सबै अर्डरहरूमा फ्लैट रु. १५० को छुट दिनेछ। ब्राण्डले भर्खरै भारतको पहिलो मोमो पिज्जा ‘मोमो मिया’ लण्च गर्‍यो, जुन दुई मनपर्ने खानाहरूको एक एपिक फ्युजन हो, जसले पिज्जा हटको हस्ताक्षर, चिनी प्यान क्रस्ट पिज्जालाई, मोमोहरूले घेरिएको हुन्छ। यस वर्षको सुरुमा पिज्जा हटले आफ्नो बोल्ड नयाँ ब्राण्ड प्लेटफर्म ‘दिलखोलके डेलिभरिङ’ पनि अनावरण गरेको थियो जसलाई पिज्जा हटले भारतमा उत्कृष्ट स्वादका पिज्जाहरू डेलिभर गर्छ भनी सबैलाई जानकारी गराएको थियो। यसले छिट्टै उत्तर-पूर्वमा तीनवटा नयाँ राज्यहरूमा प्रवेश गर्ने योजना बनाएको छ र २०२२ को मध्यसम्ममा सबै उत्तर-पूर्वी राज्यहरूमा उपस्थित हुने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *