अफगानिस्तानको भिडन्तमा मारिए रोयटर्सका फोटो पत्रकार

अफगानिस्तानमा भारतीय फोटो पत्रकार दानिश सिद्दिकी मारिएका छन्।

बिहीबार अफगानिस्तानको कान्दहर प्रान्तको स्पिन बोल्डाकमा सुरक्षाकर्मी र  तालिवान विद्रोहीको भिडन्तमा मारिएको टाइम्स अफ इन्डियाले जनाएको छ। उनी त्यहाँ सुरक्षाकर्मीहरूसँग पुगेका थिए। उनी पुलित्जर पुरस्कारका विजेतासमेत हुन्।

उनको हत्याको जानकारी इस्लामावादस्थित भारतीय राजदूत फरिद मामुन्दजईले शुक्रबार ट्विटरमार्फत् दिएका हुन्।

‘हिजो राति कान्दहरमा एक साथी दानिश सिद्दीकीको हत्याको दु:खद् खबरले गहिरो दु:ख लागेको छ। भारतीय पत्रकार तथा पुलित्जर पुरस्कार विजेता अफगान सुरक्षा बलका साथ थिए, त्यही बेलाआतंकवादीहरूले उनीमाथि हमला गरे,’ उनले लेखेका छन,’मैले उनलाई दुई हप्ता अघिमात्रै काबुल जानुअघि भेटेको थिएँ।’

अन्दाजी ४० वर्षका सिद्दिकीसमाचार संस्था रोयटर्सका लागि काम गर्थे। उनी केही दिनदेखि कान्दहरमा भइरहेको अवस्थालाई रिपोर्टिङ गर्दै थिए। उनले आफ्नो करिअर टेलिभिजन समाचार संवाददाताका रूपमा सुरू गरेका थिए। त्यसपछि उनले सन् २०१० मा प्रशिक्षार्थी फोटो पत्रकारको रूपमा रोयटर्समा काम गर्न थालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *