दिल्लीमा जिम हल खोल्न अनुमति, विद्यालय विभिन्न चरणमा खुला गरिने

भारतको राजधानी शहर दिल्लीमा विद्यालय र जिम हल खोल्न अनुमति दिइएको छ। जिम हललाई केही प्रतिबन्धसहित खुला गर्न अनुमति दिइएको र शैक्षिक संस्थाहरू विभिन्न चरणमा खुला गरिने दिल्ली विपद् व्यवास्थापन निकाय (डीडीएमए)ले जनाएको छ।

कोरोनाको तेस्रो लहरमा हटस्पट बनेको दिल्लीमा अब ७ फेब्रुअरीबाट कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि भौतिकरूपमै कक्षा सञ्चालन हुनेछ। तर खोप नलगाएका शिक्षक विद्यालय जान पाउने छैनन्।

दिल्लीमा रात्रिकालीन कर्फ्यू पनि जारी रहनेछ। तर यसअघि राति १० बजेदेखि लाग्दै आएको कर्फ्यूको समयावघि एक घण्टा कम गरिएको छ। त्यस्तै, शत प्रतिशत कर्मचारी राखेर भौतिक उपस्थितिमा कार्यलय सञ्चालन गर्न पनि अनुमति दिइएको छ। 

कोरोना सङ्क्रमण केही कम भएपछि भारतमा क्रमशः प्रतिबन्धहरू खुकुलो बनाउन थालिएको छ। दैनिक कोरोना संक्रमितको संख्या घट्न थालेपछि नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्धहरू खुकुलो बनाउदै लगिएको हो।

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ४९ हजार तीन सय ९४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ७२ जनाको सङ्क्रमबाट मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *