अविरल वर्षाले जनजीवन अस्त व्यस्त

तीन दिनदेखि लगतार भएको वर्षाले खरसाङको जनजीवन अस्तव्यस्त बनेको छ । लगातार वर्षाको कारण खरसाङ बजारमा मानिसहरूको चहल पहल पातलो रहेको छ । सरकारको नयाँ दिशा निर्देश अनुसार अहिले बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म आवश्यक सामग्रीका राशन दोकान, सब्जी दोकान, मासु दोकान, माछा दोकान, फलफूल दोकान, दुध दोकान, खुल्ला रहने गरेको छ भने दैनिक आवश्यकताका सामग्री बाहेकका दोकान, लुगा दोकान, जुत्ता दोकान, हाईवेयर, इलेक्ट्रिकल, इलेक्ट्रोनिकका दोकान, श्रृंगारका दोकान, स्टेशनरी दोकान दिउँसो ११ बजेदेखि उता रातीसम्म खोलिने गरेको छ । यसरी पालै पालो गरेर दिनभरि नै दोकानहरू खुले तापनि बजारमा मानिसहरूको चहल पहल कोरोना संक्रमण अनि लगतार

वर्षाको कारण न्यून देखिएको छ । वर्तमानमा विभिन्न सेण्डिकेटका गाड़ीहरू पनि ५० प्रतिशत यात्रीहरू लिएर चलाचल शुरू भइसकेको छ । गाड़ीको चलाचल शुरू भए तापनि यात्रीहरूको संख्या कम रहेको छ ।

यसरी बजारमा मानिसहरूको चहल पहलमा कमी रहनु अनि गाड़ी चड़ने मानिसहरू नहुनुको कारण कोरोनाको भयको साथमा ३ दिनदेखि लगतार पानी पर्नु पनि हो भनी खरसाङका व्यापारीहरू बताउछन। हाट बजारका

एक कपड़ा व्यापारीले बिहान ११ बजेदेखि दोकान खोल्ने अनुमति रहेको भए तापनि बजारमा मानिसहरू नआएपछि बिक्री वितरण अति न्यून रहेको बताए तिनले भने, अहिले मानिसहरू सचेत भएका छन् । कोरोना संक्रमणको कारण जतिसक्दो मानिसहरू घरमा बस्न चाहेका छन् अहिले ३ दिनदेखि लगतार वर्षा भएकोले पनि मानिसहरू घरबाट त्यति निस्किएका छैनन् । पानी रहेको समयमा बजारमा केही चहल पहल बड़ने गर्छ पानी पर्न साथै बजार सुनसान बन्छ ।अर्को एक व्यापारीले आफूले दिउँसो केही क्षण दोकान खोलेर बन्द गरेको बताउदै अहिले बजारमा मान्छे नै छैन दोकान खोलेर यो पानी परेको समयमा झुल्दै बस्नु भन्दा घरमा गएर सुत्छु भनी दोकान बन्द गरिदिएको हो भनी बताए । यसरी लगतार ३ दिनदेखि खरसाङमा वर्ष भइरहेको भए तापनि ढिस्कना झर्ने पानी नालीदेखि बाहिर बगेर घर अथवा दोकानमा पस्ने घटनाहरू बाहेक समाचार लेखुञ्जेल कुनै ठूलो घटना भएको जानकारी पाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *