पदातिकको इञ्जिन खराबीले यात्रीहरू समस्यामा

पदातिक एक्सप्रेसको इन्जिन बिग्रियो। त्यसकारण लगभघ तीन घण्टा यात्रीहरूले चरम सास्ती भोग्नु पर्यो्। प्राप्त जानकारीअनुसार, बिहीवार लगभग तीन घण्टाभन्दा अधिक समयसम्म रानीनगर स्टेशनमा प्रवेश गर्नअघि नै ट्रेन रोकिन पुगेको थियो। ट्रेनमा 300 भन्दा अधिक यात्रीहरू थिए। त्यसै ट्रेनमा कोचबिहार नगरपालिकाका अध्यक्ष रवीन्द्रनाथ घोष पनि थिए। पछिल्लो समयमा रेलयात्रा असह्य हुँदै गइरहेको तिनको आरोप छ। यद्यपि समस्या समाधान भएपछि ट्रेन फेरि चल्न थालेको छ।

ट्रेनका अधिकांश यात्रीहरू जलपाइगढ़ी, कोचबिहार अनि अलिपुरद्वारका थिए। पूर्व उत्तर बङ्गाल विकास मन्त्री रवीन्द्रनाथ घोष कोलकाताबाट फर्किँदै थिए। घोषले भने, रेलयात्रा अहिले पीड़ाको यात्रामा परिणत भएको छ। कुनै मरम्मती देखरेख छैन, कुनै समय तालिका छैन। बिहान साढ़े 9 बजी इञ्जिन बिग्रियो। तर ट्रेनले त्यसको केही समयअघि मात्र एनजेपी जङ्क्सन छोड़ेको थियो। यसको अर्थ हो रेलको कुनै परीक्षण नै भएन। अहिले हामी घण्टौँदेखि उभिएका छौँ। ट्रेनमा कति बालक-बालिका छन्, कति वृद्धहरू छन्। दुःखको अन्त छैन। पानी छैन, अरू सुविधा छैन। यति धेरै मानिसहरू ट्रेनमा अलपत्र छन्, बुझ्न कोही आएको छैन।

उत्तर–पूर्व सीमान्त रेलका प्रमुख जनसम्पर्क अधिकारी कपिञ्जल किशोर शर्माले जानकारी दिँदै भने, लोकमोटिभमा समस्या आएपछि जलपाइगढ़ीनजिकै बेलाकोबा अनि रानीनगरबीच पदातिक एक्सप्रेस लगभग 2 घण्टा रोकिएको थियो। विकल्प स्वरूप नयाँ लोकमोटिभको व्यवस्था गरिएको छ। नयाँ लोकमोटिभ ल्याएर ट्रेनलाई त्यहाँदेखि पठाइएको हो। यात्रीहरूलाई परेको असुविधाप्रति रेलले दुःख प्रकट गरेको छ।

By Piyali Poddar