ड्रग्सविरुद्ध पानीघट्टा पुलिसको धारावाहिक कार्वाही

अहिले ड्रग्स सेवन समाजकै निम्ति अति घातक बनिसकेको छ। वर्तमान समयमा कतिपय युवाहरूले गाँजा, ड्रग्स अनि नशालु पर्दाथहरू सेवन गरेर आफ्नो जीवन नै मृत्युको मुखमा जाँकिसकेका छन्। फेरि कतिपय युवाहरूले नशालु पर्दाथहरूको सेवन गरेर आफ्नो घरदेखि गाउँ-समाजमा पनि अशान्ति फैलाइरहेका छन्। यस्ता घटनाहरू तराई क्षेत्रका विभिन्न स्थानहरूमा नौलो कुरो होइन। यस्ता घटनाहरूलाई निर्मूल पार्न पानीघट्टा पुलिस पोस्ट दिन रात नभनी गाउँ-गाउँ, बस्ती-बस्ती पुगेर ड्रग्सखोर, गाँजा खाने र नशालु पर्दाथ सेवन गर्ने युवाहरूलाई पक्राउ गर्ने कार्यमा लागिपरेको छ। पोस्टका बड़ाबाबु अनोमल हुसैनले दिएका जानकारीअनुसार निरपानी र च्याङ्गाबाट लगभग दसजना कुलतमा परेका युवाहरूलाई पक्राउ गरिएको छ। उमेर कम्ती भएको कारण तिनीहरूलाई सुधार केन्द्रमा पठाइएको छ। बड़ाबाबु हुसैन पानीघट्टा पुलिस पोस्टमा आएपछि धेरै असल कार्यहरू गर्दै आइरहेका छन्। यता स्थानीय मानिसहरूले राम्रो काममा बड़ाबाबुलाई पूर्ण सहयोग गर्ने वचन दिएका छन्। बड़ाबाबु हुसैनले पानीघट्टा पोस्टमा यस्ता रिपोर्टहरू धेरै आइरहेका कारण यस्तो पहल गरिएको बताए। ड्रग्स उन्मूलन कार्यमा पानीघट्टा पुलिस पोस्टले बिस्तारै तर धारावाहिक रूपमा काम गर्ने पनि तिनले बताए।

By Piyali Poddar