पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव

पाकिस्तानी प्रधानमन्त्री इमराख खानविरुद्ध विपक्षी दलले संसदमा अविश्वासको प्रस्ताव लगेका छन्। उनीहरुले इमरानको दिनगन्ती सुरु भइसकेको दाबी गरेका छन्। 

अविश्वासको प्रस्तावलाई लिएर पाकिस्तानी प्रधानमन्त्री खान पनि सक्रिय भएका छन्। बुधबार इमरान सहयोगी दल एमकिउएम पीको मुख्यालय कराची जाने भएका छन्।  विपक्षी दलका नेताहरुले मंगलबार प्रधानन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नेशनल एसेम्ब्लीको सचिवालयमा बुझाएका छन्। यससँगै संसद बैठक बोलाउन उनीहरुले माग गरेका छन्।  अविश्वासको प्रस्ताव पेस गर्ने फैसला विपक्षी पार्टीहरुको संयुक्त बैठकले गरेको थियो। 

विपक्षी नेताहरु शहबाज शरीफ, आसिफ अली जरदारी र जेयूआईएफका प्रमुख र पीडीएमका अध्यक्ष मौलाना फजलुर्रहमानले इस्लामाबादमा एक संयुक्त पत्रकार सम्मेलन गर्दै अविश्वासको प्रस्ताव ‍नेशनल एसेम्ब्ली अर्थात् संसदका १७२ भन्दा धेरै समर्थन आफूहरुलाई रहेको दाबी गरेका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *