पाकिस्तानको रवाफ कायमै

विश्वकप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्थानलाई ५ विकेटले पराजित ग-यो । सामूह चरणमा पाकिस्तानको यो लगातार तेस्रो जीत हो । टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । अफगानका लागि कप्तान नाबी र गुलबन्दिनले समान ३५–३५ रनको योगदान दिए ।

पाकिस्तानका लागि इमाद वासिमले २ तथा सहिन अफ्रिदी, हरिस राफु, हसन अली र सदब खानले १–१ विकेट लिएका थिए । १ सय ४८ रनको सामान्य लक्ष्य पाएको पाकिस्तानले १९ औं ओभरमा लक्ष्य भेटायो । पाकिस्तानका लागि कप्तान बाबर अजामले अर्धसतीय पारी खेलेका थिए । फकर जमानले ३० तथा असिफ अलीले २५ रनको योगदान दिए ।

अफगानका लागि रसिद खानले २ विकेट लिए भने मुजिब रहमान, नावी, नवीन र करिमले एक एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *