तालिबानले अफगानिस्तानमा विदेशी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ । ‘कोल्याप्स’ हुने संघारमा रहेको अफगानिस्तानको अर्थतन्त्र तालिबान शासकको पछिल्लो निर्णयले थप संकटमा धकेलिने देखिएको छ ।
तालिबानले भनेको छ, ‘आर्थिक अवस्था र राष्ट्रिय स्वार्थ अनुसार सबै अफगानीले अफगानी मुद्रा मात्रै आफ्नो बिनिमयमा प्रयोग गर्नु पर्छ ।’
तालिबानले सत्ता कब्जा गरेपछि अन्तर्राष्ट्रिय आर्थिक सहयोग झिकेपछि अफगानिस्तानको आर्थिक अवस्था संकटमा पुगेको हो ।
अफगानिस्तानमा प्रमुख रुपमा अमेरिकी डलर प्रयोग हुने गरेको छ । यस्तै छिमेकी देशसँगको व्यापारका लागि समेत अमेरिकी डलर प्रयोग हुने गर्छ ।
विदेशी मुद्राको प्रयोग गर्नेलाई कारवाही गरिने चेतावनी तालिबानले दिएको छ।