शिव चतुर्दशी पर्व चैत ८ गते शुक्रबार राति ८ बजेदेखि सुरु हुँदैछ । शिव चतुर्दशीको अवसरमा अलिपुरद्वारको फलकट्टा ब्लकमा रहेको जटेश्वर शिव मन्दिरमा भगवान शिवलाई जल चढाएर शिव चतुर्दशीको सुरुवात गरिन्छ। शिव चतुर्दशीको अवसरमा जटेश्वर मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।
जटेश्वर शिव मन्दिरमा शिवको शिरमा जल अर्पण गर्न टाढा टाढाबाट भक्तजन आउने गर्दछन् । शिव चतुर्दशीको अवसरमा विभिन्न स्थानबाट लाखौं भक्तजन मन्दिरमा आउने गरेको आयोजकले जनाएको छ ।
शिव चतुर्दशीको अवसरमा जटेश्वर शिव मन्दिरमा वर्षौंदेखि मेला लाग्ने गरेको छ । जटेश्वर गरुहाटी मैदानमा विभिन्न पसलहरु आउन थालेका छन् । यो मेला चैत १० गते आइतबारदेखि सुरु हुनेछ । ती परम्परागत मेलाको तयारी तिब्र रुपमा भइरहेको छ ।