एनएसईद्वारा राष्ट्र निर्माणको प्रतिबद्धताको साथमा भारतको 78औं स्वाधीनता दिवस पालन

भारतको 78औं स्वाधीनता दिवसको अवसरमा राष्ट्रिय स्टोक एक्सचेञ्जका प्रबन्ध निदेशक एवं प्रमुख कार्यकारी अधिकारी आशीषकुमार चौहानले आर्थिक विकास अनि लगानी संरक्षणलाई बढ़ावा दिनमा संगठनको भूमिका माथि जोर दिएका छन्।

चौहानले भारतको स्वाधीनता सेनानीको बलिदानलाई सम्मान दिँदै एक प्रगतिशील अनि समृद्ध राष्ट्रको निम्ति उनीहरूको दृष्टिकोणलाई स्वीकार गरे। आफ्नो बयानमा चौहानले भने, “भारतको 78 औं स्वाधीनता दिवसको अवसरमा हामी हाम्रा स्वाधीनता सेनानीहरूको बलिदानलाई सम्मान गरौं, जसले एक प्रगतिशील र समृद्ध देशको परिकल्पना गरेका थिए।

भारतमा समृद्धि निर्माणका उत्प्रेरकको रूपमा अग्रणी विनियामक हुन वाहेक, हामी एक दह्रिलो अनि अधिक समावेशी राष्ट्र निर्माणको निम्ति प्रतिबद्ध छौं। एनएसई राष्ट्र निर्माणको दिशामा आफ्नो निरन्तर प्रयासहरूमा लगानीकर्ता सचेतन अनि सुरक्षाको निम्ति पुँजी बजारहरूलाई बढ़ावा दिन जारी राख्दछ। स्वाधीनता दिवसको हार्दिक शुभकामना।’’