गान्धीजीको पुण्यतिथिमा कुष्ठरोग उन्मूलनको संकल्प लिइयो र पदयात्रा निकालियो

जलपाईगुडी : आजको दिन अर्थात ३० जनवरी १९४८ मा राष्ट्रपिता महात्मा गान्धीको हत्या भएको थियो । त्यसैले, ३० जनवरी देशको इतिहासमा एक विशेष दिन हो। प्रत्येक वर्ष आजको दिनमा राष्ट्रपिता महात्मा गान्धीको को पुण्यतिथि मनाइन्छ।

महात्मा गान्धी जीले देशको स्वतन्त्रताको लागि अंग्रेजहरू विरुद्ध धेरै आन्दोलनहरू सुरु गरे। आन्दोलनका कारण कैयौं पटक जेल बस्नुपरेको थियो। देशको स्वतन्त्रताका लागि उनले गरेको कामको कदर गर्दै ३० जनवरीमा उनलाई सम्मान गरिएको हो।

 पुण्यतिथिलाई शहीद दिवसको रुपमा मनाउने गरिन्छ। १५ अगस्ट १९४७ मा देश स्वतन्त्र भएको केही महिनापछि ३० जनवरी १९४८ मा राष्ट्रपिता महात्मा गान्धीलाई नाथुराम गोडसेले दिल्लीको बिर्ला हाउसमा गोली हानी हत्या गरेका थिए।

By Sonakshi Sarkar