वृद्ध महिलाको सुनको चेन छिनताई

वार्ड नम्बर 36 अन्तर्गत शान्तिनगरको बौबजार क्षेत्रमा बिहीवार बिहान लगभग 5 बजी बाइकमा आएका दुईजना युवकहरूले मर्निङ वक गरिरहेकी एक वृद्ध महिलाको सुनको चेन थुतेर सुइँकुच्चा ठोके। यस्तो घटनाले इलाकामा आतङ्कको स्थिति सिर्जना भएको छ।

प्राप्त जानकारीअनुसार पीड़ित महिला सन्ध्या कुण्डु हिँड़िरहेका बेला पछाड़िबाट आएर एक युवकले तिनको घाँटी समातेर सुनको चेन थुतेर लगे। अर्का युवक मोटरसाइकल लिएर केही दूरीमा पर्खेर बसेका थिए। त्यसपछि बाइकमा चढ़ेर दुवै युवकले सुइँकुच्चा ठोके। घटनाको क्रममा उक्त महिलालाई चोटपटक समेत लागेको बताइएको छ। शहरभरि यस्ता लुटपाटका घटना बढ्दै गइरहेको हुँदा स्थानीय मानिसहरूमा सुरक्षाप्रति चिन्ता बढ़िरहेको छ। पुलिस गस्तीको प्रभावकारितामाथि पनि प्रश्न उठ्न थालेको छ।

स्थानीय मानिसहरूले अपराधीको तत्काल पक्राउ गर्नुपर्ने माग गरेका छन् अनि संवेदनशील क्षेत्रमा पुलिसको उपस्थिति अझै सशक्त बनाउने अनुरोध पनि गरेका छन्। हाल आसीघर आउटपोस्ट पुलिसले यस घटनाको जाँच गरिरहेको जनाइएको छ।

By Piyali Poddar