स्थानीय मानिसहरूको विरोधको सम्मुखीन अधिकारीहरू

सिलगढ़ीको इस्कोन रोड क्षेत्रमा पर्ने एकतियासाल तिलेस्वरी अधिकारी उच्च माध्यमिक विद्यालयको जमीनमा खानेपानी परियोजनाको निरीक्षण गरियो। तर निरीक्षण गर्न जाँदा जलपाइगढ़ी जिल्ला परिषद सदस्य मनीषा रोय र बीडीओ कार्यालयका अधिकारीहरू स्थानीय मानिसहरूको विरोधको सम्मुखीन बने। प्राप्त जानकारीअनुसार सार्वजनिक स्वास्थ्य इञ्जीनियरिङ विभागले विद्यालयको परिसरमा पानी सङ्कलन गर्ने प्रस्ताव राखेको थियो। स्थानीय मानिससित परामर्श गरेपछि पीएचई विभागका अधिकारीहरूले केही दिनअघि स्थल भ्रमण गरेका थिए। तर त्यति बेला पनि स्थानीय मानिस अनि विद्यालय प्रशासनको अधिकारीहरूले विरोधको सामना गर्नुपरेको थियो।
बुधवार मनीषा रोय र बीडीओ कार्यालयका अधिकारीहरू पुनः स्थलगत निरीक्षण गर्न विद्यालयमा पुगेका थिए। तर स्थानीय मानिसहरूको कड़ा विरोधको कारण तिनीहरूलाई त्यहाँबाट फर्कन बाध्य बनाइयो। स्थानीय मानिसहरूले उक्त जमीन शैक्षिक प्रयोजनका लागि दान गरिएको बताउँदै चिन्ता व्यक्त गरे। तिनीहरूको भनाइअनुसार, यो जमीन बालक-बालिकाहरूको खेलकुद तथा अन्य शैक्षिक गतिविधिका लागि नियमित रूपमा प्रयोग गरिन्छ। साथै पानी परियोजना कार्यान्वयन भए धेरै रूखहरू काट्नुपर्ने र ठूलो असुविधा हुने बताउँदै तिनीहरूले परियोजना अन्यत्र सार्ने माग गरे।

यस घटनामा प्रतिक्रिया दिँदै मनीषा रोयले आफूहरू जिल्ला शासकको निर्देशनअनुसार स्थलगत निरीक्षण गर्न आएको बताइन्। तिनले उक्त परियोजनाले हरियालीमा कुनै प्रभाव नपार्ने र विद्यालयको खेल मैदानलाई क्षति पुर्याकउने कुनै योजना नभएको स्पष्ट पारिन्। तर तिनले स्थानीयहरूको आपत्ति स्वीकार गर्दै हालका लागि कार्य अघि नबढ़ाइने बताइन्। साथै समाधान खोज्न उच्च अधिकारीहरूसित थप छलफल गरिने तिनले जानकारी गराएकी छन्।

By Piyali Poddar