प्रेमको प्रतिफल ! तृणमूल नेता, उनकी पत्नी र छोरीको छुरा प्रहार गरी प्रेमीद्वारा हत्या

प्रेम सम्बन्धमा संलग्न एक युवती। अभिभावकले त्यो सम्बन्धलाई स्वीकार गरिरहेको थिएन। यसैका कारण प्रेमीले युवतीका आमा-बुवाको हत्या गरे। प्रेमिका र उनकी बहिनी पनि घाइते भए। पछि प्रेमिकाकी बहिनीको पनि उपचारको क्रममा मृत्यु भयो।
घटना शीतलकुचीको पश्चिमपाडा क्षेत्रको हो। मृतक नीलिमा बर्मन शितलकुची ग्राम पञ्चायतकी तृणमूल सदस्या हुन्। उनका पति विमल चन्द्र बर्मन तृणमूलको एससीएसटी, ओबीसी सेलका शीतलकुची ब्लक अध्यक्ष हुन्। शुक्रबार बिहान करिब ४ः३० बजे भएको यो घटनापछि क्षेत्रमा तनावको वातावरण बनेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पुलिसले बर्मन दम्पतीकी जेठी छोरी इति बर्मनको छिमेकी गाउँका एक युवक विभूति रायसँग प्रेम सम्बन्ध रहेको पत्ता लगाएको छ। इतिका आमा-बुवा दुवैले यो सम्बन्धको कडा विरोध गरिरहेका थिए। यसैको कारण परिवारमा कलहको वातावरण सृजना भएको थियो।
आरोपित युवकले राति आफ्नी प्रेमिकाको घरमा आएर चक्कु प्रहार गरेको आरोप छ। विमल बर्मन र उनकी श्रीमती निलिमादेवीलाई धेरै पटक निर्ममतापूर्वक चक्कु प्रहार गरिएको थियो। बचाउन खोज्दा दुई छोरी इति बर्मन र रुनु बर्मन पनि घाइते भएका थिए। अस्पतालमा भर्ना गरिएपछि उपचारका क्रममा रुनु बर्मनको मृत्यु भएको छ।
स्थानियवासीले आरोपित युवकलाई समातेर पुलिस समक्ष जिम्मा लगाएका छन। क्षेत्रमा तनावको वातावरण छाएको छ। पुलिस स्रोतका अनुसार, पुलिसले यसअघि नै तीन जनालाई पक्राउ गरिसकेको छ। दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *