भारतको एक अग्रणी बिस्कुट ब्राणऩ्ड ब्रिटानिया न्यूट्रीचोइसले आफ्नो न्युट्रीप्लस मोबाइल एपको आरम्भ गर्दै दैनिक स्वास्थ्य निगरानीलाई सरल, पहुँचयोग्य र स्मार्टफोन-आधारित बनाउने प्रतिबद्धतालाई विस्तार गरेको छ। आक्टिभो ल्याब्ससित भएको साझेदारीमा निर्माण गरिएको यस वैज्ञानिक आधारमा बनेको एप ब्रिटानिया न्युट्रीचोइसको प्याक स्क्यान गरेपछि सहज रूपमा डाउनलोड गर्न सकिनेछ। जटिल प्रविधिलाई सजिलो र प्रयोगमैत्री स्वरूपमा ल्याएर न्युट्रीप्लसले छोटो समयमै राम्रो आफ्नोपन पाएको छ। एक वर्षमै 1.5 लाखभन्दा अधिक प्रयोगकर्ताहरूले साइन-इन गरिसकेका छन् जसले दैनिक स्वास्थ्य निगरानीप्रति बढिरहेको चासोलाई दर्साउँछ। ब्रिटानिया मार्केटिङकी महाप्रबन्धक अर्चना बलारामनले भनिन्, “न्यूट्रीप्लसले सबैका लागि स्वास्थ्य निगरानीलाई सहज बनाएको छ। अब जटिल उपकरण वा वेयरेबल्सको आवश्यकता नभएकाले धेरै व्यक्तिहरू आफ्नो दैनिक जीवनमा साना तर प्रभावशाली परिवर्तन गर्न सक्षम भएका छन्। हामी न्यूट्रीप्लसलाई अझ सुधार गर्दै लैजाँदैछौँ र ब्रिटानिया न्युट्रीचोइस सरल तरिकाले राम्रो स्वास्थ्य बानीहरू अपनाउन सहयोग पुर्यालउने हाम्रो लक्ष्यमा अडिग रहनेछ।”
न्युट्रीप्लसले एकै स्थानमा आधारित न्युट्रीस्कोर प्रदान गर्छ जसले प्रयोगकर्तालाई कदम संख्या, निद्राको गुणस्तर, फाइबरको मात्रा र पानी सेवन जस्ता मूलभूत जीवनशैली सूचकहरू निगरानी गर्न सहयोग गर्छ। गत वर्षको तुलनामा औसत न्युट्रीस्कोर 60 देखि 62 मा वृद्धि भएको छ जसले समग्र स्वास्थ्यमा सुधार आएको सङ्केत गर्दछ। प्रयोगकर्ताहरूको दैनिक बानीहरूमा सुधार देखिएको छ। दैनिक कदमहरू 10% ले बढेका छन्, व्यायामको समय 16% ले बढेको छ र निद्राको समय 6 घण्टा 46 मिनटदेखि 7 घण्टा 8 मिनट पुगेको छ। यी निरन्तर सुधारहरूले ससाना तर महत्त्वपूर्ण परिवर्तनहरू ल्याउन यो एप प्रभावकारी बनिरहेको देखाउँछ।
ब्रिटानिया न्युट्रीचोइसले सधैँ उपभोक्ताहरूलाई साना र सरल विकल्पहरू रोज्न उत्प्रेरित गर्दै आएको छ जसले राम्रो जीवनशैली निर्माणमा सहयोग गर्छ। न्यूट्रीप्लसमार्फत यो दृष्टिकोण अब खाना सीमित नभई प्रविधियुक्त स्वास्थ्य निगरानीमा पनि विस्तार भएको छ। एपमा अब व्यक्तिगत आहार तालिकाको सुविधा पनि थपिएको छ जसले प्रयोगकर्ताहरूका लक्ष्यअनुसार व्यक्तिगत डाइट योजना उपलब्ध गराउँछ। यसले न्यूट्रीप्लसलाई सम्पूर्ण र सरल स्वास्थ्य निगरानीका लागि पूर्ण साथी बनाएको छ। प्रयोगकर्ता संलग्नता बढ्दै जाँदा न्युट्रीप्लस सबैका लागि स्वास्थ्य सम्बन्धी जानकारीलाई अझ सहज र उपयोगी बनाउने लक्ष्यमा केन्द्रित रहनेछ।
न्युट्रीप्लस एपमार्फत स्वास्थ्य निगरानीलाई जनसुलभ बनाउँदै ब्रिटानिया न्यूट्रीचोइस
