गलत उपचार गरेको आरोपमा नर्सिङ होममा तोडफोड

कुचबिहारको दिनहाटामा एक युवकको मृत्यु भएपछि,गलत उपचार गरेको आरोपमा नर्सिङ होममा तोडफोड भएको छ साथै त्यहाँ तनावको वातावरण सृजना भएको छ। घटनाको जानकारी पाएलगत्तै दिनहाटा पुलिस चौकी घटनास्थलमा पुगेको थियो । घटनास्थलमा तृणमूल नेता बिशु धर पनि पुगेका थिए । तर, मृतकका आफन्तले पुलिसमा उजुरी गरेका छैनन्।यद्यपि,नर्सिङ होमका अधिकारीहरूले बिरामीको मृत्युपछि नर्सिङ होममा तोडफोड भएको स्वीकार गरेका छन् । मृतकको नाम सोमनाथ देव हो । उनको घर दिनहाटाको कलेजपाडा क्षेत्रमा छ ।
श्रोतका अनुसार ,बिहान परिवारजनले सोमनाथ देव नामका ती युवकलाई दिनहाटाको मदनमोहनबाडी क्षेत्रमा रहेको नर्सिङ होममा भर्ना गराएका थिए। त्यहाँ डाक्टरले इन्जेक्सन दिएपछि बिरामीको अवस्था क्रमशः गम्भीर बन्दै गयो र तत्काल उनलाई कुचबिहार रिफर गरियो। आफन्तजनले उनलाई कुचबिहार लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । त्यसपछि उनलाई फेरि नर्सिङ होममा ल्याइयो ।युवकको मृत्यु पछि आक्रोशित भएका उनका आफन्त तथा त्यहाँ उपस्थित भीडले नर्सिंग होममा हंगामा मच्चाए।
घटनाबारे तृणमूल नेता बिशु धरले भने कि छिमेकीले युवकलाई बिरामी अवस्थामा दिनहाटाको नर्सिङ होममा ल्याएपछि डाक्टरहरूले उनलाई कुचबिहार रेफर गरे। त्यसपछि उनलाई कुचबिहार लैजाँदै गर्दा बाटोमै मृत्यु भयो । तर, तोडफोडको विषयमा भने स्पस्ट हुन सकेको छैन। बिरामीको मृत्यु भएपछि नर्सिङ होममा केही तोडफोड भएको नर्सिङ होमका सञ्चालकले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *