महाराष्ट्रका माननीय राज्यपाल सी.पी. राधाकृष्णनले गरे एनएसईको बुलको प्रतिमा अनि कफी टेबल बूकको उद्घाटन

महाराष्ट्रका माननीय राज्यपाल सी.पी राधाकृष्णनले एनएसई मुख्यालयमा एनएसईका प्रबन्ध निदेशक एवं प्रमुख कार्यकारी अधिकारी आशीष कुमार चौहानको साथमा संयुक्त रूपमा एनएसई बुलको प्रतिष्ठित प्रतिमाको अनावरण गरे। योसँगै उनले “१.४ बिलियन सपनाहरूलाई सशक्त बनाउने यात्रा,” नामक एक स्मारक कफी टेबल बूकको लञ्च गरे। एनएसई बुलको प्रतिमाले शक्ति, सामर्थ्य अनि लचिलोपनको प्रतिनिधित्व गर्दछ। भारतको आर्थिक वृद्धिको निम्ति महत्त्वपूर्ण यो एउटा यस्तो गुण हो।
भारतको आर्थिक वृद्धिको निम्ति महत्त्वपूर्ण यो एउटा यस्तो गुण हो। साँढ़ेको दह्रिलो खुट्टा, प्रमुख जुरो अनि दुर्जेय उपस्थिति देशको दह्रिलो वित्तीय पारिस्थितिकी प्रणालीको प्रतीक हो। विद्यालय जाने केटा, गाउँकी महिला र पेशेवरहरू जस्ता विभिन्न पृष्ठभूमिका भारतका मानिसहरूको प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूले घेरिएको मूर्तिले भारतको लगानी परिदृश्यको समावेशीता र एकतालाई जोर दिएको छ। यो प्रतिष्ठित रचना राष्ट्रका सामूहिक प्रयासहरूलाई दर्शाउँछ, जो आर्थिक प्रगतिको एक साझा लक्ष्यको दिशामा मिलेर काम गरिरहेको छ। एनएसईको साँढ़ेको प्रतिमा अनि कफी टेबल बुक भारतको पुँजी बजारको यात्रामा प्रतीकात्मक कोशेढुंगाको रूपमा उभिएको छ।


महाराष्ट्रका माननीय राज्य सी.पी. राधाकृष्णनले भने, “एनएसईको साँढ़ेको प्रतिमा अनि कफी टेबल बुकको उद्घाटन गर्न पाउँदा म हर्षित बनेको छु। म एनएसईको साँढ़े अनि कफी टेबल बुकको निम्ति बधाई दिन चाहन्छु। यसले भारतको पुँजी बजारहरूमा क्रान्ति ल्याउन अनि राष्ट्रको विकासमा यसको योगदानलाई दर्शाउँछ।