आकाशमा विमान उडेको देख्नु सामान्य कुरा हो तर त्यही विमान सडकमा देखियो भने अचम्म लाग्न सक्छ। यस्तै केहि भयो जलपाईगुडी जिल्लाको धुपागुरी क्षेत्रमा, सडकमा विमान देखियो, देखेर मानिसहरु छक्क परे। विमान हेर्न मानिसहरुको ठूलो भीड जम्मा भएको थियो। कतिपयले मोबाइलमा तस्विर पनि खिचिरहेका थिए। कोही सेल्फी खिच्न व्यस्त देखिन्छन्’यो विमान कहाँ लगिएको हो भन्ने प्रश्न जनताको मनमा उठिरहेको थियो। वास्तवमा यो विमान १६ पाङ्ग्रे गाडीमा लैजाँदै थियो, कहाँ लगिएको थियो भन्ने जिज्ञासा मानिसहरूमा थियो, अन्ततः हामीले कार्टका चालकबाट विमान मुम्बईबाट असम लगिएको थाहा पायौं। असमका एक व्यक्तिले विमान किनेका छन्, उनले यो विमान रेस्टुरेन्ट बनाउनको लागि किनेका हुन्।