उत्तर कोरियाले फेरि गर्यो दुईवटा बलिस्टिक मिसाइल परीक्षण

त्तर कोरियाले छोटो दुरीका दुईवटा क्षेप्यास्त्र प्रहार  गरेको छ । दक्षिण कोरियाको सेनाका अनुसार, उत्तर कोरियाले सोमबार बिहान  छोटो दुरीका दुईवटा क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको हो। 
उत्तर कोरियाले जनवरी महिनामा प्रहार  गरेका यो चौथो हतियार हो । उत्तर कोरियाले निरन्तर क्षेप्यास्त्र प्रहार  गरेको प्रति संयुक्त राष्ट्र संघले निन्दा गरेको छ ।
 राष्ट्र संघले पटकपटक क्षेप्यास्त्र  प्रहार नगर्न गरेको अनुरोधलाई बेवास्ता गर्दै उत्तर कोरियाले परीक्षणलाई  तीब्र बनाएको छ । अमेरिका, जापान, कोरिया लगायत मुलुकले समेत उत्तर  कोरियाले क्षेप्यास्त्र गरेको प्रति आपत्ती जनाएका छन् ।
 सोमबार बिहान प्योङयाङमा रहेको सुनान  विमानस्थल नजिकैबाट क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीलाई  उदृत गर्दै अलजजीरामा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *