पश्चिम बंगाल सुरक्षा कर्मी (सी) युनियनको उत्तर बंगाल शाखाले लामो समयदेखि आन्दोलन गरिरहेको छ। त्यसपछि पनि समाधान नआएपछि सोमबारदेखि बन्दको घोषणा गरेका हुन्। सोमबार सिलगढी डबग्राम पोलिटेक्निक कलेजको गेट अगाडि अस्थायी सुरक्षाकर्मी जम्मा भए र सुरक्षाकर्मी आपूर्ति गर्ने निजी कम्पनीविरुद्ध आक्रोश पोखेका थिए। उत्तर बङ्गालमा सुरक्षाकर्मीको सङ्गठनका इन्चार्ज जय लोढाले लामो समयदेखि यी मजदुरको उचित पारिश्रमिकको लागि संघर्ष गर्दै आएका छन् तर जिम्मेवार निकायले सुनुवाइ नगरेको बताए। अन्ततः आज उनीहरु हडतालमा जान बाध्य भएका छन्। उचित समाधान नभएसम्म यो हडताल जारी रहनेछ।