अलिपुरद्वारमा लगातारको वर्षाका कारण जनजीवन प्रभावित भएको छ

अलिपुरद्वार (न्युज एशिया) लगातारको वर्षाका कारण अलिपुरद्वारको जनजीवन प्रभावित भएको छ । अलिपुरद्वार जिल्लामा बिहीबार रातिदेखि भारी वर्षा भइरहेको छ। शुक्रबार बिहान पनि भारी वर्षा जारी छ । यसले विद्यालय जाने विद्यार्थी र कार्यालय जाने कर्मचारीलाई समस्या भएको छ ।वर्षाका कारण सहरका सडकमा हिँड्नेको संख्या कम देखिएको छ । कतिपय मानिसहरु टाउकोमा छाता बोकेर घरबाट बाहिर निस्किएर काम पुरा गरे । अविरल वर्षाका कारण जिल्लाका विभिन्न नदीनालामा पानी जम्न थालेको छ । हिमाली भेगमा परेको वर्षाका कारण कालजनी, रैडकलगायतका विभिन्न नदीमा पानीको बहाव बढेको छ । तर, अहिलेसम्म कुनै पनि नदीमा पानीको सतह खतराको निशानभन्दा माथि पुगेको छैन ।