नितिन गड़करीद्वारा उत्तर बंगालमा सड़क परियोजनाहरूको घोषणा

केन्द्रिय सड़क परिवहन अनि राजमार्गमन्त्री नितिन गड़करीले उत्तर बंगालका लागि व्यापक सड़क विकास परियोजनाहरूको घोषणा गरेका छन् । शुक्रवार गड़करीले नयाँ दिल्लीमा एउटा भर्चुअल पत्रकार सम्मेलनमा पश्चिम बंगालमा आउँदो वर्षमा जम्मा २ लाख करोड़ रुपियाँका परियोजनाहरू पूरा गर्ने घोषणा गरे । सिलगढ़ी शहर, उत्तर बंगाल व्यापार, स्वास्थ्य, + वाणिज्यको केन्द्र हुँदा पनि व्यापक ट्राफिक जामको सामना गर्नु परिरहेछ। मन्त्री गड़करीले पत्रकारहरूलाई दार्जीलिङका सांसद राजु विष्टको अनुरोधमा मन्त्रालयले सिलगढ़ी रिङ रोड परियोजना स्वीकार गरेर वर्तमानमा व्यवहार्यता रिपोर्ट तयार गरिरहेको जनाए ।

तिनले भने, म न्त्रालयले यो महत्वपूर्ण परियोजनाको काम २०२२ सालको अन्तसम्म शुरू गर्नलाई यस परियोजनामा तीव्रतासँग काम गरिरहेको छ। तिनले अझ भने, बालासन अनि सेभोक आर्मी क्याण्ट जोड्ने लगभग १२ किलोमीटर सड़कमा अनि एक हजार करोड़ रुपियाँको लागतमा ४ लेनको काम चाँड़े शुरू गरिनेछ । बालासन ब्रिजदेखि दार्जीलिङ मोड़, सिलगढ़ी अण्डरपास सेक्शनसम्म ट्राफिकलाई सजिलो बनाउन केन्द्र सरकारले|

Leave a Reply

Your email address will not be published. Required fields are marked *