निसान मोटर इण्डियाले मन्तव्य गरेको छ जबकि नयाँ निसान म्याग्नाइट पावर्सको एफवाई 17-18 देखि यता सबैभन्दा उच्च वार्षिक बिक्री 99,000+ युनिट पार गरेको छ

निसान मोटर इण्डिया प्रा. लि. (एनएमआईपीएल) ले भारतमा निरन्तर र दिगो विकास जारी राख्दै एफवाई 2024-25 मा विगत सात वर्ष यताकै सर्वाधिक उत्कृष्ट वार्षिक प्रदर्शन गरेको छ। यद्यपि घरेलु अटो उद्योगले धेरै चुनौतीहरू भोगिरहेको थियो। वर्षभरि नयाँ निसान म्याग्नाइट को निरन्तर सफलताले कम्पनीको घरेलु व्यापार रणनीति र विश्वव्यापी निर्यात कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको छ। एफवाई 2024-25 मा निसान मोटर इण्डियाले नयाँ निसान म्याग्नाइटको अगुवाइमा घरेलु बजारमा 28,000+ युनिट बिक्री गर्‍यो जुन अक्टोबर 2024 मा प्रस्तुत गरिएको थियो। यो प्रदर्शन भारतमा बी-एसयूभी सेग्मेण्टमा वैकल्पिक इन्धनप्रति बढ्दो उपभोक्ता आकर्षणको कारण सम्भव भएको हो। निर्यात फ्रण्टमा कम्पनीले आफ्नो अपरेशनलाई 20 बजारदेखि 65+ अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्दै “वन कार, वन वर्ल्ड” दर्शनअन्तर्गत ऐतिहासिक 71,000+ युनिट बिक्री गर्‍यो जसले भारतलाई निसानको विश्वव्यापी उत्पादन तथा निर्यात केन्द्रको रूपमा अझ सशक्त बनाएको छ। यसले कम्पनीको एफवाई 2024-25 को समग्र बिक्री 99,000+ युनिटमा पुर्‍याएको छ।

प्रदर्शनबारे टिप्पणी गर्दै एएमआईईओ रिजियन बिजिनेस ट्रान्सफर्मेशनका डिभिजनल भाइस प्रेसिडेण्ट अनि निसान इण्डिया अपरेशनका प्रेसिडेण्ट फ्र्यान्क टोरेसले भने, “भारत निसानको वृद्धि यात्राको एउटा बलियो स्तम्भ हो जुन निसान म्याग्नाइटको निरन्तर सफलताले सञ्चालित छ। लोकप्रिय नयाँ निसान म्याग्नाइटले ब्राण्डलाई एफवाई17-18 देखि यताकै सबैभन्दा अधिक 99,000+ युनिटको वार्षिक बिक्री गर्न सहयोग गर्‍यो। नयाँ म्याग्नाइटको निर्यात यो वर्ष 65+ अन्तर्राष्ट्रिय बजारसम्म फैलिएको छ जसमा एलएचडी बजार पनि समावेश छन्।”

भारतमा व्यवसाय पुनः संरचनाबारे तिनले भने, “वैश्विक उतार चढ़ाउ हुँदाहुँदै भारत हाम्रो मिड टर्म योजनामा विशेष हिस्सा रहँदै आएको छ जहाँ घरेलु र निर्यात बजार दुवैमा बलियो वृद्धि देखिएको छ। हाम्रो वार्षिक बिक्री परिणामले हाम्रो प्रतिबद्धता दर्शाउँछ कि हामी यहाँ रहनेछौँ, जाने छैनौँ। तिनले थपे, “निसान भारतीय बजार, ग्राहकहरू, डिलर साझेदारहरू, कर्मचारीहरू र सरोकारवालाप्रति प्रतिबद्ध रहन्छ। निसान र यसको डिलर साझेदारहरूले विद्यमान तथा आगामी नयाँ मोडलका लागि बिक्री र सेवा उपलब्ध गराइरहने छन्। हाम्रो भारतमा घोषित उत्पाद योजना जस्तै नयाँ बी-एमपीभी र दुई नयाँ सी-एसयूभीहरूको योजना यथावत छ। ‘वन कार, वन वर्ल्ड’ योजनाअनुसार हामी विश्वभरि निर्यात जारी राख्नेछौँ। चेन्नई जेभी प्लाण्टमा हिस्सेदारी एलायन्स पार्टनरलाई सुम्पेर पुनः संरचना गरिएको छ जसले वृद्धि, चुस्ती र लाभमा केन्द्रित रहने मार्ग तय गरेको छ। हाम्रो मिड टर्म व्यापार योजनाअनुसार घोषणा गरिएका उत्पाद पाइपलाइनहरूमा कुनै परिवर्तन गरिएको छैन।”

यो कारोबार नियामक स्वीकृतिको अधीनमा रहेको छ अनि 2025 को पहिलो छ महीनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ। निसान मोटर इण्डियाका म्यानेजिङ डाइरेक्टर सौरभ वात्सले भने, “यो वर्ष अटो उद्योगका लागि चुनौतीपूर्ण रह्यो। त्यसो हुँदाहुँदै पनि नयाँ म्याग्नाइटले बी-एसयूभी ग्राहकहरूमाझ एक बलियो प्रिय पात्रको रूपमा आफैलाई प्रमाणित गर्‍यो। हाम्रो डिलरशिप नेटवर्क विस्तारले ग्राहक पहुँच र सेवा सुधारमा हाम्रो प्रतिबद्धतालाई दर्शाउँछ। हामी नयाँ 7 सिटको बी-एमपीभी अनि 5 सिटको सी-एसयूभीको हालैको घोषणासितै आकर्षक उत्पाद पोर्टफोलियो प्रस्ताव गर्न र ग्राहक अनुभव बढ़ाउने प्रयास जारी राख्नेछौँ।” निसान मोटर इण्डिया ले 2025 अप्रेलदेखि नयाँ निसान म्याग्नाइटको मूल्यमा अधिकतम 3% सम्म वृद्धिको घोषणा गरेको छ जसले बढ्दो लागत र सञ्चालन खर्चलाई सम्हाल्ने उद्देश्य राखेको छ।

By Business Bureau