नेताजी सुभाष चन्द्र बोसलाई श्रद्धाञ्जली अर्पण गर्दै एमएमटीसी-पीएएमपी

नेताजी सुभाष चन्द्र बोसको १२६औँ जन्म जयन्तीको उपलक्ष्यमा भारतको एकमात्र लण्डन बुलियन मार्केट एसोसिएसन (एलबीएमए) उत्तम डेलिभरी सुन र चाँदी रिफाइनरी एमएमटीसी-पीएएमपीले 23 जनवरीमा आफ्नो चाँदी पोर्टफोलियोको रेञ्जमा नयाँ उत्पादन प्रस्तुत गरेको छ। यस अवसरमा 50 ग्राम मूल्यवर्गमा उत्कृष्ट रूपमा तयार गरिएको 999.9 शुद्धता रहेको नेताजी चाँजीको पट्टी लञ्च गरिएको छ। जानकारी गराइन्छ, नेताजी सुभाष चन्द्र बोसको जन्म जयन्तीलाई “पराक्रम दिवस’’ भनेर चिनिन्छ। यो जन्म जयन्तीलाई देशका जनता, विशेष गरी युवाहरूलाई विपत्तिको सामना गर्न साहसका साथ काम गर्न प्रेरित गर्न मनाइन्छ।

नेताजी स्वामी विवेकानन्दका कट्टर अनुयायी थिए। भारतलाई साम्राज्यवादी शासनबाट मुक्त गर्न नेताजीले १९४३-मा आजाद हिन्द फौज वा भारतीय राष्ट्रिय सेना गठन गरेका थिए। उनी भारतीय राष्ट्रिय कांग्रेसको युवा शाखाका सक्रिय सदस्य थिए अनि १९३८ देखि १९३९ सम्म पार्टीका अध्यक्ष रहेका थिए। यो ५० ग्राम चाँदीको पट्टी उनको निःस्वार्थ सेवा अनि उनको साहस र लचिलोपनको सम्झनाको विशेष संस्करण रहेको कम्पनीले बताएको छ। यसमा एकातिर नेताजीको जटिल चित्रण र अर्कोतिर १२६औं पराक्रम दिवसको उल्लेख छ।

एमएमटीसी-पीएएमपीको 999.9 शुद्ध चाँदी सीमित संस्करण नेताजी बारहरू उच्च मापदण्डहरूमा बनाइएको छ र एक एसेयर-प्रमाणित सर्टिकार्डमा प्याकेज गरिएको छ। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमएमटीसी-पीएएमपीका प्रबन्धन निदेशक एवं प्रमुख कार्यकारी अधिकारी विकास सिंहले भने, “पराक्रम दिवसको अवसरमा नेताजीको जीवन र विरासत मनाउने यो एमएमटीसी-पीएएमपीको विनम्र प्रयास हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *