अन्तर्राष्ट्रिय म्युजिक भिडियो कन्सेप्टको अवार्ड नेपालका विधान कार्कीलाई

नेपालका विधान कार्कीले भारतको महाराष्ट्रमा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड जितेका छन्। विभिन्न म्युजिक भिडियो निर्देशन गर्दै आएका कार्कीले भारत महाराष्ट्र राज्यको औरंगावादमा आयोजना भएको दोस्रो रोशनी रिल्स अन्तर्राष्ट्रिय सर्ट फिल्मस् फेस्टिभलमा म्युजिक भिडियो अन्तर्गत अवार्ड जितेका हुन्। उनले नेपालमा चर्चित गीत केटो अलि कमाउने होस्‌मा बनाएको म्युजिक भिडियोका कारण अवार्ड जितेका हुन्। विधानले ‘उत्कृष्ट म्युजिक भिडियो कन्सेप्ट’को अवार्ड जितेका हुन्। महोत्सवमा विश्वका करिब सय भन्दा बढी म्युजिक भिडियोहरु प्रतिस्पर्धामा छानिएका थिए।

यसरी छानिएका भिडियोबाट उत्कृष्ट ५ को मनोनयन केही समय अगाडि सार्वजनिक गरिएको थियो। निर्देशक कार्कीले अन्य ४ विदेशी प्रतिस्पर्धीलाई उछिन्दै अवार्ड जिते। फिल्म एजुकेशन र वेलफेर फाउन्डेशन ए बढले आयोजना गरेको महोत्सवमा भारत, लेबनान, हङकङ, नर्वे, स्विडेन लगायतका चलचित्रकर्मीहरु निर्णायक मण्डलमा थिए। अर्जुन पोखरेलको संगीतमा तयार भएको भिडियोमा सुधिर श्रेष्ठ, श्रेया सिटौला, अजय श्रीज र अस्मिता अधिकारीको अभिनय रहेको भिडियोमा सुनिल कटुवाल र समीक्षा अधिकारीको स्वर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *