आइईसीसी टि–२० विश्कप अन्तर्गत ग्लोबल छनोट खेलमा नेपालले फिलिपिन्स सामु २१९ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह ‘बी’ अन्तर्गत आज नेपालले टस हारेर व्याटिङको निम्तो पाएको थियो । नेपालले निर्धारिच २० ओभरमा कुशल भुर्तेलको सतकमा तीन विकेटको क्षतिमा २१८ रन बनाएको हो ।
नेपालका लागि सतकीय पारी खेलेका भुर्तेलले ६१ बलको सामाना गर्दै १३ चौका र १ छक्काको मद्दतमा नटआउट १०४ रन बनाएका थिए । त्यस्तै अर्का ओपनर असिफ शेख भने शून्य रनका आउट भएका थिए । शेख आउट हुँदा नेपालको स्कोर ९ रन रहेको थियो ।
दोस्रो ओभरको पहिलो वलमा शेख आउट भएपछि आएका कुशल मल्लले पनि राम्रो व्याटीङ गर्न सकेनन उनी चौथो ओभरको दोस्रो बलमा व्याक्तिगत १२ रनको स्कोरमा आउट भए ।
मल्ल आउट भएपछि आएका दिपेन्द्र सिं एरीले भने आक्रमक शुरुवात गदै ४७ वलमा ६ चौका र ४ छक्काको मद्दतले ८३ रन बनाउँदै १८.५ ओभरमा आउट भए त्यस वेला नेपालको स्कोर २०७ रन रहेको थियो ।
लोकेश वमले भने ३ वलको सामाना गर्दै १ छक्काको मद्दतमा ६ रन बनाए । फिलिपिन्सको वलिङ धरैनै फितलो देखियो फिलिपिन्सका तर्फबाट डेनियल स्मित, मिग्गी पोडोस्गी र गुरभुपिन्दर चौहानले समान १–१ विकेट निकालेका थिए । अब जितका लागि फिलिपिन्सले २१९ रन बनाउनु पर्नेछ ।