नवाजुद्दिन सिद्दिकीले मुम्बईमा बनाए सपनाको महल

भारतका प्रख्यात कलाकार नवाजुद्दिन सिद्दिकीले तीन वर्ष लगाएर मुम्बईमा आलिशान बंगला खडा गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले उक्त बंगलाको नाम पिताको सम्मानस्वरुप ‘नवाब’ राखेका छन्।

सेतो संगमर्मर जस्तो देखिने यो बंगला असाध्यै सुन्दर छ। नवाजुद्दिन आफैले घरको सम्पूर्ण डिजाइन गरेका थिए, उनको घरको भित्रको संरचना पनि असाध्यै राम्रो रहेको बताइएको छ। नवाजुद्दिनले बनाएको यो घर उनको गाउँमा भएको घर जस्तै रहेको बताइएको छ।

यो घरको तस्बिर बिहीबार सार्वजनिक भएको थियो। नवाजुद्दिन आफैले घरको आधा भाग देखिने गरी २ साता अगाडि तस्बिर सार्वजनिक गरेका थिए। नवाजुद्दिनले घरको तस्बिर सार्वजनिक गरेपछि अभिनेत्री कंगना रनौटले बधाई दिएकी थिइन्। कंगना र नवाजुद्दिन ‘टिकु वेड्स शेरु’ मा साथै देखिँदै छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *