नारायण सेवा संस्थानद्वारा सिलगढ़ीमा अङ्ग प्रत्यारोपण शिविरमार्फत जीवन परिवर्तनको प्रयास

दिव्याङ्ग व्यक्तिहरूको सहयोगमा आफ्नो मानवीय प्रयासका लागि प्रसिद्ध नारायण सेवा संस्थानले 12 जनवरीको दिन सिलगढ़ीमा निःशुल्क नारायण लिम्ब एण्ड क्यालिपर्स फिटिङ शिविर आयोजन गर्न लागिरहेको छ। पूर्वी हिमालय क्षेत्र र पश्चिम बङ्गालका पहिल्यै छनौट गरिएका 160 जना दिव्याङ्ग व्यक्तिहरूलाई लक्षित गरेर यो शिविर बर्धवान रोडको शिवम प्यालेसमा बिहान 8.00 देखि साँझ 5.00 बजीसम्म सञ्चालन हुनेछ।

पत्रकार सम्मेलनमा यस पहलको घोषणा गर्दै संस्थानका मिडिया अनि पब्लिक रिलेशन डाइरेक्टर भगवान प्रसाद गौड़ले दिव्याङ्ग व्यक्तिहरूलाई सहयोग गर्ने प्रतिबद्धता दोहोर्या ए। तिनले सेप्टेम्बरमा आयोजित गरिएको अङ्ग मापन शिविरको पनि उल्लेख गरे जहाँ दुर्घटनाको कारण आफ्नो अङ्ग गुमाएका 160 व्यक्तिहरूको पहिचान गरिएको थियो। अब ती लाभार्थीहरूले जर्मन प्रविधिमा आधारित कृत्रिम अङ्ग प्राप्त गर्नेछन्। यसले तिनीहरूलाई आत्मनिर्भर बन्न र समाजमा पुन: एकीकृत बन्न सक्षम बनाउनेछ।

शिविरलाई उत्तर बङ्ग मारवाड़ी सेवा ट्रष्ट र श्री राम सेवा परिवारसितै 15 भन्दा अधिक स्थानीय संस्थाहरूको समर्थन प्राप्त भएको छ। साथै सिलगढ़ी बजारले पनि यस पहलमा अत्यधिक उत्साह देखाएको छ। स्थानीय व्यवसायी अनि सामुदायिक समूहहरूले यस पहललाई समर्थन गरिरहेका छन्। यस सामूहिक प्रयासले क्षेत्रको सामाजिक कल्याणप्रति प्रतिबद्धता झल्काउँछ साथै सिलगढ़ीलाई दयालु र सामुदायिक संलग्नताको केन्द्रको रूपमा प्रस्तुत गर्दछ। 1985 देखि अहिलेसम्म 36,000 भन्दा अधिक व्यक्तिहरूलाई निःशुल्क कृत्रिम अङ्ग प्रदान गर्दै आइरहेको नारायण सेवा संस्थानले पश्चिम बङ्गालका दिव्याङ्ग नागरिकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ।

By Business Bureau