सपिङ मल माथिको अवैध निर्माणमा महानगरपालिकाको हथौडा

सिलगढी (न्युज एशिया):  सिलगढी महानगरपालिकाले अवैध निर्माण विरुद्ध निरन्तर अभियान चलाइरहेको छ । फुटपाथलाई हस्तक्षेपमुक्त बनाउनुसँगै महानगरपालिकाले सहरमा भएका अवैध निर्माण भत्काइरहेको छ।

सेवक रोडमा रहेको सपिङ मलको माथिल्लो भागमा कानुनी नक्सा बिना नै घर बनाएको भन्दै महानगरपालिकाले शुक्रबार नोटिस जारी गरेको हो । ।सूचना जारी गरेपछि आज अवैध निर्माण भत्काइएको हो ।